गन्तव्य विर्सेका छैनौं–महरा

रोल्पा अनलाइन Tuesday, January 16, 2018

रोल्पा, माघ २ । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले जनताको राज्यसत्ता लिने आफूहरुको गन्तव्य अझैं पूरा नभएको बताउनुभएको छ ।


रोल्पा माडीचौरमा आज माडी महोत्सवको उद्घाटन गर्दै नेता महराले केहि शक्तिहरुले भने जस्तो आफूहरुले गन्तव्य नभुलेको बताउनुभयो । नेकपा एमालेसँग पार्टी एकता भएपनि माओवादी आन्दोलन (जनयुद्ध)लाई सम्बोधन हुनेगरी सम्मानजनक एकता गर्ने समेत उहाँको भनाई छ । दाङ–२ बाट निर्वाचित महराले लामो समयपछि गृहजिल्लाका जनतालाई सम्बोधन गर्दै माओवादी जनयुद्धको जगमा सिंहदरबारको शक्तिलाई गाउँसम्म ल्याउने संघियता सहितको संविधान कार्यान्वयन भएको भन्दै अब समृद्धिको अभियान बामपन्थी सरकारको नेतृत्वमा हुने विश्वास दिलाउनुभयो ।
कार्यक्रममा अर्का नेता वर्षमान पुनले पनि बामपन्थीहरुको सरकार छिटै नै बन्ने बताउनुभयो । रोल्पा माडी साँस्कृतिक तथा खेलकूद महोत्सव आगामी माघ ५ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

176 total views, 1 views today