सुलिचौरमा जथाभावी संरचना बनाउन नपाइने

रोल्पा अनलाइन Monday, January 8, 2018

रोल्पा, पुस २४ । रोल्पाको सुलिचौर बजार र आसपासमा अबदेखि जथाभावी संरचना बनाउन नपाइने भएको छ ।


सुवर्णावती गाउँपालिका वडा नम्बर ४ को हालै बसेको बैठकले यस्तो निर्णय गरेको हो । वडा भित्र कुनै पनि नयाँ संरचना बनाउदा पुराना संरचनाहरुलाई कुनै पनि क्षति नपुगोस भनेर यस्तो निर्णय गरिएको वडाध्यक्ष गञ्ज क्षेत्रीले बताउनुभयो । वडाभित्र घर, बाटो, कुलो, पुल लगायतका संरचना बनाउदा पुराना संरचनालाई क्षति पु¥याउने गरेको गुनासो आएपटि वडा कार्यालयले यस्तो निर्णय गरेको अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो । साथै बजार क्षेत्रका सडकमा निर्माण सामग्रीहरु, पसलका सामानहरु राख्दा नागरिकहरुलाई आवत–जावतमा समस्या हुने भएकोले उक्त कार्य समेत नगर्न अनुरोध गर्ने निर्णय गरेको बताइएको छ ।

174 total views, 1 views today