एचआईभी संक्रमितहरुलाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड

रोल्पा अनलाइन Friday, January 5, 2018

रोल्पा पुस २१ । जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुरमगरले एचआईभि संक्रमितहरुलाई नियमति रुपमा व्यवस्थापन भन्दा पनि स्थानीयतहले रोजगारमुखि बनाउनको लागि विभिन्न आर्यआर्जनयुक्त कार्यक्रममा प्रदान गरी आत्मनिर्भर बनाउनु पर्ने बताउनुभएको छ ।

यस्तो विचार आज रोल्पा प्लसको सहजीकरणमा सञ्चालन र एनएपीप्लसएन ले ‘द ग्लोबल फण्ड र सेभद चिल्ड्रेनको प्राविधिक सहयोगमा सञ्चालित द ग्लोबन फन्द एच.आइ.भि. कार्यक्रम १६ सेम्टेम्बर (२०१७) देखि १५ मार्चा (२०१८ सम्ममा सञ्चालित कार्यक्रमको समीक्षा तथा सरोकारवालाहरुको एक दिने अन्तरक्रिया कार्यक्रममा बोल्नुभएको हो । रोगको नियन्त्रण र न्यूनिकरण गर्नका लागि सामान्यकृत गर्नका लागि सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउनुभयो । एचआइभी एड्सले जीवन नलिने बताउँदै यो रोग लागेमा निरन्तर औषधी सेवन गरेमा केही नहुने धारणा समेत राख्नुभयो । कार्यक्रम जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका योजना अधिकृत डम्बर सुनुवार, महिला तथा बालबालिका कार्यालय रोल्पाका प्रमुख लोकेन्द्रा आचार्य, जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका डा. तेजेन्द्र साउद, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह बिक, जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका नोखराज पोख्रेल लगायतको उपस्थिति रहेको थियो । समीक्षतात्मक कार्यक्रममा रोल्पा जिल्लामा सञ्चालित कार्यक्रमले एचआईभि एड्स रोकथाम र न्यूनिकरण गर्नका लागि सकरात्मक भूमिका खेलेको, तिनै संक्रमितहरुलाई आयाआर्जन गराउनुको लागि जिल्ला समन्वय समिति रोल्पामा तथ्याङ्क उपलब्ध गराउने लगायतको निर्णय गरेको छ । साथै विभिन्न सञ्चारमाध्यमहरुबाट सचेतना कार्यक्रम समेत गर्ने निर्णय समेत गरेको छ । जिल्ला समन्वय समिति रोल्पाको सूचना हलमा आयोजित कार्यक्रममा एचआइभि एड्स सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुको उपस्थिति रहेको थियो । हाल रोल्पा जिल्लामा ६२ जना संक्रमित मध्ये १४ जनाको मृत्य भएको र ४८ जना जिवित रहेको समेत रोल्पा प्लसका राधा बिकले बताउनुभयो । उहाँले औषधी लिन जानका लागि कतिपय संक्रमितहरुलाई समस्या भइरहेको बताउँदै रोल्पा जिल्लाका स्थानीयतहले सहयोग गर्नुपर्ने बताउनुभयो । विगतमा जिल्ला विकास समितिले सहयोग गर्दै आइ रहेपनि हाल स्थानीयतहका नगरपालिका र गाउँपालिकाले सहयोग गर्नुपर्ने धारणा रोल्पा प्लसका राधा बिकले बताउनुभयो । यस्तै एचआईभि एड्स संक्रमितहरुको हेरचार क्षेत्रमा काम गरिरहेको किड्स सँस्थाका सरस्वस्ती गिरीले तिनै संक्रमितहरुलाई हेरचाह लगायत परामर्श गर्दा सामाजिकरुपमा सबैमा सहजरुपको बुझाई नभएकोले गर्दा निकै कठीन हुने बताउनुभयो । रोल्पा जिल्लामा एचआइभि संक्रमित खुल्न नखोजेको बताउनुभयो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख डा. तेजेन्द्र साउदले संक्रमितहरुलाई समाजमा बस्नकाका लागि सामाजिकरुपमा सबैलाई सामान्यकृत गर्नुपर्ने बताउनुभयो ।

55 total views, 1 views today