चर्कियो आन्दोलन, यातायात ठप्प

रोल्पा अनलाइन Saturday, December 30, 2017

रोल्पा, पुस १५ । रोल्पाको सुवर्णावती गाउँपालिकाको नाम ‘सहिद सुनिल स्मृति’ नामाकरण गर्ने प्रस्तावको विरोध गर्दै आन्दोलित बनेका स्थानीयले आज यातायात सेवा बन्द गरेका छन् ।


आन्दोलकारीहरुले गरेको बन्दका कारण रोल्पा भित्रने तथा बाहिरिने सवारी साधन बिचबाटोमै अलपत्र बनेका छन् । सुवर्णावती गाउँपालिकाको खुङ्ग्री र सुलिचौरको नाका बन्द गरेपछि जिल्ला भित्रिने गाडीहरु प्यूठानको किमिचौरमा अलपत्र परेका छन् । गाउँपालिकाको नाम फेर्ने निर्णय नसच्याएसम्म अनिश्चितकालिन बन्द गर्ने संघर्षसमितिका संयोजक खिमचन्द्र पुनमगरले जानकारी दिनुभयो । यस्तै पुनःसंरचना समितिले जिल्लाको सर्वदलिय÷सर्वपक्षिय बैठकबाट पारित गरी राखेको गाउँपालिकाको नाम बहुमतको दम्भ देखाएर व्यक्तिको नामबाट राख्न लागेको भन्दै विरोधमा उत्रिएका स्थानीयले रोल्पाको सकिदहमा पनि सबै वडा कार्यालय तथा गाउँपालिकामा तालाबन्दी गरेका छन् ।

239 total views, 1 views today