गाउँपालिकाको नाम फेर्ने प्रस्तावको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक

रोल्पा अनलाइन Friday, December 29, 2017

रोल्पा, पुस १४ । सुवर्णावती गाउँपालिकाको १२ पुसमा सम्पन्न दोस्रो गाउँसभाले पारित गरेको गाउँपालिकाको नाम फेर्ने प्रस्तावको विरोध गर्दै गठित संघर्ष समितिले विभिन्न विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।


नेकपा एमाले रोल्पा क्षेत्र नं. १ का सहसंयोजक खिमचन्द्र पुनमगरको संयोजकत्वमा गठित संघर्ष समितिको विहिवार बसेको संघर्ष समितिको बैठकले पुस १३ गते विरोध ¥यालीले सुलिचौर बजार परिक्रमा गरी गाउँपालिका कार्यालय अगाडी विरोधसभा गर्ने, १४ गते निर्णय सच्याउनको लागि गाउँपालिकालाई अल्टिमेटम दिने, १५ गते गाउँपालिका भित्र यातायात बन्द र विरोधसभा गर्ने, १६ गते गाउँपालिका भित्र यातायात, शिक्षणसंस्था, बजार तथा उद्योग बन्द गर्ने, १७ गते देखि सुवर्णावती गाउँपालिकामा अनिश्चितकालिन बन्द गर्ने निर्णय गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

284 total views, 1 views today