साँस्कृतिक कार्यक्रम र सडक नाटक प्रदर्शन

रोल्पा अनलाइन Wednesday, December 27, 2017

रोल्पा, पुस १२ ।  “सद्भावका लागि साँस्कृतिक सहिष्णुता” सम्बन्धि साँस्कृतिक कार्यक्रम र सडक नाटक रोल्पाको लिबाङमा सम्पन्न भयो ।

विविध जाति, धर्म र साँस्कृतिक समुदायमा सद्भाव अभिबृद्वि गर्ने सन्देश दिने उदेश्यले साँस्कृतिक प्रस्तुती र सडक नाटक गरिएको हो । हरप्लेस रोल्पाको आयोजना र सुनछहरी कला केन्द्र रोल्पाको प्रस्तुतिमा २०७४ पुस ११ गते मंगलबार दिउँसो कार्यक्रम गरिएको हो ।

एक जातिले अर्को जातिको सँस्कारको सम्मानले सद्भाव बढ्ने हरप्लेस रोल्पाका जिल्ला संयोजक खेमबहादुर बुढाले बताउनु भयो । नाटकमा कलाकारले फरक फरक समुदाय र जातिको सँस्कारको अपमान गर्दा समाजमा सम्बन्ध बिग्रने भएकाले सबैले सबैको सँस्कारप्रती सहिष्णु बन्न आवस्यक हुने सन्देश दिने आग्रह सहितको प्रस्तुत दिए ।

कलाकार टेकेन्द्र सेनको नेतृत्वको कला समुहले मगर, गुरुङ, ठकुरी, खस आर्य जातिको साँस्कृतिक झलक सहितका नृत्य समेत देखाए । सामुहिक नृत्य, एकल गित र नाटकबाट दर्शकले सद्भाव सहितको भरपुर मनोरञ्जन लिए । मुलुकमा जातजाति, धर्म, हिमाल, पहाड र तराईबीचको विवेध र फाटो आउन नहुने भन्दै सबै जाति र धर्मवलम्बी बिचको सम्बन्ध प्रगाढ बनाउने सन्देश सहितको कलाकारको बेजोड प्रस्तुतिले दर्शक मख्ख बनेका थिए । मानव अधिकार, सामाजिक न्याय र सुशासनका क्षेत्रमा क्रियाशिल हरप्लेसले सबै समुदायले आफ्नो सँस्कृति र धर्म अंगाल्न पाउनु मानव अधिकारको सवाल भएकाले बिबिधतामा एकता आवस्यक रहेकोप्रति जोड दिन साँस्कृतिक कार्यक्रम आयोजना गरेको जनाएको छ ।

201 total views, 1 views today