श्रीमानको नामबाट गाउँपालिकाको नाम राख्ने प्रस्तावले वडाध्यक्षहरु आक्रोसित

रोल्पा अनलाइन Saturday, December 23, 2017

रोल्पा, पुस ८ । रोल्पाको सुवर्णावती गाउपालिकाको नाम फेर्ने गाउँ कार्यपालिकाको प्रस्तावको ४ जना वडाध्यक्षहरुले बिरोध जनाएका छन् ।


गाउँ कार्यपालिकाको शुक्रवार वसेकोे बैठकमा गाउँपालिका अध्यक्ष गुनेन्द्र घर्तीले गाउँपालिकाको नाम सुवर्णावतीलाई परिवर्तन गरी उपाध्यक्ष बागमती थापाको श्रीमानको नामबाट ‘शुनिल स्मृति’ राख्ने प्रस्ताव राखेपछि वडा नम्बर ४ का अध्यक्ष गञ्जबहादुर क्षेत्री, ३ का अध्यक्ष जेद बहादुर बिष्ट, २ का अध्यक्ष नेत्र बहादुर गिरी र १ नम्बर वडाका अध्यक्ष केशवलाल कँुवरले बिरोध जनाउदैं वैठक वहिष्कार गरेको जनाएका छन् । स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले जारी गरेको घोषणा पत्र अनुरुप विकास निर्माणलाई तिब्रता दिने तर्फ ध्यान नदिई गाउँपालिकोको नाम फेर्ने प्रस्ताव आएकाले आफूहरुले विरोध गरेको ४ नम्बर वडाका अध्यक्ष गञ्ज क्षेत्रीले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष गुनेन्द्र घर्तीले भने सुवर्णावति गाउँपालिका पौराणिक, साहित्यिक नाम भएको कारण अर्थ बुझ्न नसकेको र भावि सन्ततिका लागि पनि अर्थ भएको प्रमाणित नाम ‘शहिद’ शुनिलको नामबाट नामाकरण गर्ने छलफल भएको बताउनुभयो । कतिपय स्थानियले सहमति जनाएको र कतिपयले असहमति जनाएकोले पुस १२ गते हुने गाउँसभाबाट नाम फेर्ने प्रस्ताव टुङ्गो लाग्ने समेत अध्यक्ष घर्तीले बताउनुभयो ।

205 total views, 1 views today