प्राइम लाइफद्धारा मृत्यु दावी रकम हस्तान्तरण

रोल्पा अनलाइन Sunday, December 17, 2017

रोल्पा, पुस २ । प्राइम लाइफ इन्सोरेन्सले रोल्पा नगरपालिका २ सालबाङका रमेश केसीको मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । आज मृतक रमेश केसीको घरमै पुगी उनका बुवालाई उक्त रकमको चेक हस्तान्तरण गरिएको हो ।

गत असार ३ गते दाङको लमहीमा मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका केसीको विमा गरेको एक लाख रकमले हुन आउने दुई लाख १२ हजार रुपैयाँको चेक प्राइम लाइफ इन्सोरेन्स शाखा कार्यालय दाङका प्रवन्धक विमल खड्काले मृतक केसीका बुवा प्रेमबहादुर खत्रीलाई आज हस्तान्तरण गर्नुभएको हो । रकम हस्तान्तरण कार्यक्रममा प्राइम लाइफ इन्सोरेन्स रोल्पा उपशाखाका प्रबन्धक नारायण रेग्मी, रोल्पा नगरपालिका २ की वडा सदस्य खती घर्ती, जलजला क्याम्पस रोल्पाका प्राध्यापक तथा प्राइम लाइफका एजेन्सी म्यानेजर विनोद आचार्य, एजेन्सी म्यानेजर तेजु विष्ट, पत्रकारहरु माधवकुमार ओली, पहलमान घर्ती लगायतको उपस्थित रहेको थियो ।

113 total views, 1 views today