त्रिवेणीमा सुशासन प्रवर्द्धन समिति गठन गरिने

रोल्पा अनलाइन Thursday, December 7, 2017

रोल्पा, मंसिर २१ । त्रिवेणी गाउँपालिका रोल्पामा सुशासन प्रवर्द्धन समिति गठन गरिने भएको छ । सुशासन र जवाफदेहितालाई प्रभावकारी बनाउन गाउँपालिकाको वैठकबाट समिति गठन गर्ने निर्णय गरिएको हो ।

मानवअधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस) रोल्पाको ओजनामा बुधबार जुगार नेर्पामा सप्पन्न गाउँपालिका स्तरिय समन्वय वैठक तथा छलफलमा यस्तो निर्णय भएको हो । त्रिवेणि गाउँपालिकाका अध्यक्ष शान्त कुमार वलिको अध्यक्षतामा सम्पन्न समन्वय वैठकले गाउँपालिकाको कार्यालयमा सेवाग्राहीको गुनासो सुनुवाईका लागि टोल फ्री नम्बर राख्ने र गाउँपालिका स्तरमा र वडास्तरमा सार्वजनिक सुनुवाई कार्यक्रम राख्ने समेत निर्णय गरेको छ । गाउँपालिकाले संचालन र व्यवस्थापन गर्ने गरि हरप्लेसबाट टोल फ्री नम्बर स्थापना गर्न सहयोग गर्ने भएको हो । गाउँपालिकाको कार्यालय र यहाँका सातवटै वडाले सार्वजनिक सुनुवाई गर्ने र हरप्लेसले सहजीकरणमा सघाउने भएको छ । युएसएआईडिरएफएचआई ३६० को सहयोगमा हरप्लेसबाट संचालित पारस्परिक जवाफदेहिता परियोजना बारे जिल्ला कार्यक्रम संयोजक खेमवहादुर बुढाले वैठकमा सहजीकरण गर्नु भयो । जिल्ला अधिकृत ऋषिकेश डाँगीले संचालन गरेको छलफलमा गाउँपालिका अध्यक्ष वलिले गाउँपालिकामा सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्न नागरिक, हरप्लेस र स्थानीय तहका सबै संरचनाबिच परस्पर सहकार्य गर्ने प्रतिवद्वता जाहेर गर्नु भयो । शिक्षा, स्वास्थ्य कृषि र विपतका सेवा प्रवाहमा नीति, कार्यविधी र योजना बनाएर काम गर्न सहभागीले जोड दिए । समन्वय वैठकमा त्रिवेणि गाउँपालिकाका गैरीगाउँ, करेटी, सिमपानी, लिङडुङ, जुगारका वडा अध्यक्षहरु, शिक्षा, स्वास्थ्य, जनजाति, दलित अगुवा र बजार प्रतिनिधिको सहभागिता रहेको थियो ।

28 total views, 1 views today