महासंघ रोल्पाले मनायो स्थापना दिवस

रोल्पा अनलाइन Saturday, December 2, 2017

रोल्पा, मंसिर१६ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाले १२ औँ स्थापना दिवस मनाएको छ । खुल्ला मञ्च टुडिखेलबाट सुरु भएको ¥याली महासंघकै भवनमा गएर बिबिध कार्यक्रम गरि मनाएको हो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाले ०६२ साल मंसिर १६ गते अर्थात आजकै दिनमा जिल्ला शाखा रोेल्पाको मान्यता पाएको संस्थापक अध्यक्ष काशीराम डाँगीले बताए । संस्था स्थापना गर्दा झेलेका बिभिन्न चुनौती स्मरण गर्दै संस्थापक अध्यक्ष डाँगीले – हाल देखि अहिले सम्म रोल्पाली पत्रकारितामा प्रसंशा गर्न योग्य काम भएको जनाए ।

संस्थापक अध्यक्ष डाँगी, खेम बुढा, मौसम रोका, महेश न्यौपानेले पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको नेतृत्व सम्हाली सकेका छन अहिलेको नेतृत्व मानसिंह बिक र महेश न्यौपानेले बराबर मत पाएका कारण बराबर कार्यकाल काम गर्ने छन ।

तीन पत्रकार पुरस्कृत

महासंघको स्थपना दिवका सन्र्दभमा जिल्लाका ३ पत्रकार पुरस्कृत भएका छन । बुबाको नाममा पत्रकार मनोज घर्तीमगरले स्थापना गरेको मनप्रसाद स्मृति ग्रमिण पत्रकारिता पुरस्कारबाट अन्नपुर्ण दैनिक रोल्पाका संवाददाता एबम् पुर्ब अध्यक्ष खेम बुढा ०७२, रेडियो जलजलाका स्टेशन म्यानेजर एबम् पुर्ब अध्यक्ष मौसम रोका ०७३ र रेडियो रोल्पाका बिज्ञापन प्रमुख उमा केसी ०७४ पुरस्कृत भएको नेपाल पत्रकार महासंघ रोल्पाका सचिब जीवन डाँगीले बताए ।

पुरस्कृतहरुलाई नगत रु ३ हजार र प्रमाण पत्रले सम्मान गरियो ।

रोकाका परिवारलाई शैक्षिक सहयोग

बेपत्ता पत्रकार धन बहादुर रोकाका परिवारलाई महासंघ रोल्पाले स्थापना दिवसकै शैक्षिक सामाग्रि सहयोग गरेको छ । बिद्यालय पढ्दै गरेका रोकाका छोराछोरीलाई सहयोग पु¥याउने उदेश्यले कापी, कलम तथा पोशाक प्रदान गरेको हो ।

सेभ द चिल्ड्रन र हुरेक रोल्पाले सहयोग गरेको करिब ५ हजार बराबरको शैक्षिक सामाग्रि महासंघले परिवारलाई बितरण ग¥यो ।

कसरी मनाईयो स्थापना दिवस

महासंघको आफ्नै भवनमा जिल्लाका पत्रकार तथा सरोकारवालाहरुको सहभागि थियो । कार्यक्रमका लागि प्रमुख अतिथि जिल्ला समन्बय समितिका प्रमुख राज बहादुर बुढा थिए । बिशिष्ट अतिथि दोय संस्थापक अध्यक्ष काशीराम डाँगी र प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराई लगायत अन्य सरोकारवालाहरुले स्थापना दिवसका अबसरमा शुभकामना तथा सुझाब दिएका थिए ।

अध्यक्षता महासंघका अध्यक्ष मानसिंह बिकले गरेका थिए भने सञ्चालन सचिब जीवन डाँगीले गरे ।

34 total views, 1 views today