पत्रकार महासंघ रोल्पाले स्थापना दिवस मनाउने

रोल्पा अनलाइन Friday, December 1, 2017

रोल्पा, मंसीर १५ । बेपत्ता पत्रकार धनबहादुर का परिवारलाई सम्मान गर्दै यसपालिको स्थापना दिवस मनाउने नेपाल पत्रकार महासंघ रोल्पाले निर्णय गरेको छ ।

मंसीर १६ गते शनिवारका दिनमा महासंघले आफनै भवनमा आयोजना गरेको स्थापना दिवसको अवसरमा जिल्लाका सरोकारवाला निकायहरुको बिचमा अन्र्तक्रिया र जिल्लाको समग्र पत्रकारिताको अवस्था बिषयक प्रस्तुती पनि गर्ने महासंघका अध्यक्ष मानसीं बिकले जानकारी दिनुभयो । महासंघले स्थापना दिवसको अवसरमा विभिन्न अक्षयकोषबाट समेत पत्रकारहरुलाई पुरस्कृत गर्ने निर्णय समेत गरेको छ । स्थापना दिवसको तयारी अन्तिम चरणमा पुगेको र सरोकारवाला निकायहरु सबैलाई, जिल्ला स्थित सम्पुर्ण सन्चारमाध्यमहरुमा कार्यरत पत्रकारहरु, महासंघका केन्द्रीय पार्षद, प्रदेसपार्षद र साधारणसदस्यता प्राप्त गरेका सम्पुर्णलाई उपस्थित भईदिन समेत विभिन्न सुचनामार्फत आग्रह गरिएको अध्यक्ष बिकले बताउनुभयो । शनिवार हुन लागेको महासंघको स्थापना दिवसको अवसरमा सम्पुर्ण तयारीहरु अन्तिम चरणमा पुगेको पत्राचार लगायतका कार्यहरु समेत सम्पन्न भईसकेको सचिव जीवन डाँगीले बताउनुभएको छ ।

46 total views, 1 views today