माओवादीद्धारा धम्कीपूर्ण विज्ञप्ति प्रकाशन

रोल्पा अनलाइन Thursday, November 30, 2017

रोल्पा, मंसिर १४ । निर्वाचनमा सुवर्णावती गाउँपालिका–६ दलङ्घा मतदान केन्द्रमा काँग्रेसको प्रतिनिधि बसेर फर्जी मतदान गर्नबाट रोकेको भन्दै माओवादी कार्यकर्ताहरुले नेपाल विद्यार्थी संघ रोल्पाका सदस्य विष्णु केसी माथि भएको साङ्घातिक आक्रमणबारे माओवादी केन्द्रले धम्कीपूर्ण विज्ञप्ति प्रकाशन गरेको छ ।
नेकपा माओवादी केन्द्र सुवर्णावती गाउँपालिका–६ का सचिव लोकेन्द्र थापाद्धारा हस्ताक्ष्रित विज्ञप्तिमा आफ्ना कार्यकर्ताहरुद्धारा गरिएको भनिएको उक्त कार्य पूर्वाग्रही रुपमा आरोप लगाइएको भन्दै उक्त आरोपबाट आत्म समीक्षा नगरे आगामी दिनमा उत्पन्न हुने सम्पूर्ण परिणामको जिम्मेवारी नेपाली काँग्रेसले नै लिनुपर्ने धम्कीपूर्ण चेतावनी समेत दिइएको छ ।
हेर्नुहोस् विज्ञप्ति ः—

91 total views, 1 views today