रेडियो माडी आवाजको उद्घाटन

मनिषा राई Friday, November 17, 2017

रोल्पा, मंसिर १ । माडी बहुउद्देश्यीय समाज बिकास केन्द्र रोल्पाद्धारा सन्चालित सामुदायिक रेडियो माडी आवाज एफ.एम. ९८.६ मेगाहर्जको आज उद्घाटन गरिएको छ ।


रोल्पाको माडी गाउँपालिका घर्तीगाउँबाट प्रशारणमा आएको माडी आवाजको माडी गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनले उद्घाटन गर्नुभएको हो । प्रमुख अतिथि पुनले रेडियोको हरेक गतिबिधिमा गाउँपालिकाको साथ र सहयोग सदैव रहने बताउनुभयो । कार्यक्रमका बिशिष्ट अतिथि नेपाल पत्रकार महासघ रोल्पाका अध्यक्ष मानसिंह बिकले रेडियोको प्रगतिको कामना सहित माडी आवाजले रोल्पाको पश्चिम क्षेत्रका जनताको आर्थिक, सामाजिक, राजनितिक, सांस्कृतिक, भाषा लगायत सबै क्षेत्रको बिकासमा योगदान पु¥याउने विश्वास व्यक्त गनुभयो । रेडियोका अध्यक्ष भरत बहादुर बुढामगरले रेडियो माडी आवाजले समाजमा रहेका बिकृति बिसगतिलाई अन्त गर्नतर्फ लागिपर्ने बताउनुभयो ।
गत असोज १० गतेबाट परिक्षण प्रशारण सुरु गरेको रेडियो आजबाट नियमित प्रशारणमा गएको छ । बिहान ५ः३० देखि राति १० बजेसम्म प्रशारण हुने बताइएको छ ।
नेकपा माओबादी केन्द्र माडी गाउपालिका अध्यक्ष अमरसिह घर्ती मित्रमणि, नेकपा एमाले माडी गाउपालिका संयाजक प्रेम बहादुर घर्ती, नेपाली काग्रेसका गणेश घर्तीमगर, २ का वडाअध्यक्ष ललित घर्ती सुदिप, शिक्षक महसंघ माडी गाउपालिका अध्यक्ष यज्ञ बहादुर डागी, माडी गाउपालिका उपाध्यक्ष धनिकला घर्तीमगर लगायतले रेडियोको प्रगतिको कामना सहित रोल्पा जिल्लामा रेडियो माडि आवाजले पश्चिम रोल्पाको बिकासमा योगदान पुरयाउने पुर्ण बिश्वास व्यक्त गरेका थिए । उनीहरुले रेडियो कुनै राजनितिक दलको पेवा नभई समावेशि, निष्पक्ष हुनुपर्नेमा जोड दिनुभयो ।
साथै अन्य अतिथिहरु माडी गउपालिका वडा नं.१ का वडाअध्यक्ष आम बहादुर घर्ती प्रभात, माडी गाउपालिका ३ का वडाअध्यक्ष दल बहादुर घर्ती कासन, गाउकार्यपालिका सदस्य बिनय परियार, माडी गाउपालिका २ का वडासदस्य बन्दना घर्ती, कृष्ण माविका प्रअ शिव घर्ती, नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य एवम माडी ५ का नेकपा माओबादी केन्द्रका पार्टी अध्यक्ष इन्द्र बहादुर सितिमहर बिक, माडी गाउपालिका वाइसियल अध्यक्ष तेजेन्द्र बुढा संकलन, रेडियो जलजलाका प्रतिनिधि उषा मगर लगायतको आतिथ्यता रहेको थियो ।
संस्थाका उपाध्यक्ष कमानसिं बुढाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको बारेमा रेडियोका स्टेशन म्यानेजर बुद्धिमान वलीले प्रष्टयाउन’भएको थियो भने कार्यक्रमको सन्चालन रेडियोका कार्यक्रम प्रम’ख बिरसिं वलीले गर्न’भएको थियो ।

76 total views, 1 views today