शेयर बारे जानकारी दिन तालिम

रोल्पा अनलाइन Thursday, November 16, 2017

रोल्पा, कात्तिक ३० । रोल्पाको लिबाङमा आगामी पुस १ गते एक दिने शेयर तालिम हुने भएको छ । शेयर बजार के हो र कसरी प्रवेश गर्ने ? शेयरबजारका फाइदा तथा जोखिमहरु, शेयरबजार प्रवेश गर्नुअघि जान्नुपर्ने कुराहरु तथा सुरक्षित लगानी र भरपर्दो आम्दानीका विषयमा प्रशिक्षण दिइने बताइएको छ ।

एकदिने तालिममा ट्रेनिङ एण्ड डेभलपमेन्ट शाखा प्रमुख नेशनल मर्चेन्ट बैंकर लिमिटेड तथा आर्थिक अभियान राष्ट्रिय दैनिकका आधारभूत विश्लेषक सन्तोषराज बजागाईले प्रशिक्षण दिने बताइएको छ । तालिमका लागि जनता बैंकमा कार्यरत विनोद डाँगी र ग्लाेबल अाइएमइमा कार्यरत धनराज घर्तीले समन्वय गरिरहेको बताइएको छ ।

58 total views, 1 views today