काँग्रेस रोल्पाको चुनावी प्रतिवद्धता पत्र सार्वजनिक

रोल्पा अनलाइन Monday, November 13, 2017

रोल्पा, कात्तिक २७ । नेपाली काँग्रेस रोल्पाले आज आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । प्रतिवद्धता पत्र सार्वजनिक गर्दै नेपाली काँग्रेस रोल्पाका सभापति एवम् प्रतिनिधिसभा सदस्यका उम्मेदवार अमरसिंह पुनले देशको हरेक राजनीतिक परिवर्तनमा नेतृत्व गर्ने नेपाली काँग्रेसले अब देश समृद्ध बनाउन पनि नेतृत्वगर्ने बताउनुभयो ।

रोल्पाको हरेक विकासमा पनि आफूले सहयोग गरेकाले यसमा रोल्पाली जनताले बुझ्नुपर्ने बताउनुभयो । रोल्पाको माडी पुल र जलविद्युत आयोजना अन्य नेताहरुबाट सम्भव नभएको बताउनुभयो । आफूले ५ नम्बर प्रदेश टुक्राउने विधेयक विरुद्धको आन्दोलनको नेतृत्व गरेकाले पनि आफूलाई रोल्पाली जनताले रोज्नेमा विश्वास व्यक्त गर्नुभयो । नेपाल प्रेस युनियन रोल्पाका अध्यक्ष कविता उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा नेपाली काँग्रेस रोल्पाका संस्थापक सभापति सुरेन्द्र हमाल, पूर्व सभापति कृष्णबहादुर घर्ती, पूर्व सांसद् लेखनाथ आचार्य, प्रदेश सभाका प्रत्येक्ष तर्फका उम्मेदवार शेरबहादुर महरा, खगेन्द्र प्रकाश हमाल र समानुपातिक तर्फका उम्मेदवार मनोजमणी आचार्य लगायत अन्य नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नारायण रेग्मीले गर्नुभएको थियो ।

हेर्नुहोस काँग्रेस रोल्पाको प्रतिवद्धता पत्र :-

123 total views, 1 views today