फेरी नेकपाका जिल्ला नेता पक्राउ

रोल्पा अनलाइन Monday, November 13, 2017

रोल्पा, कात्तिक २७ । पक्राउ परेका आफ्ना नेता रिहाईको माग गर्दै रोल्पा बन्द गरेकै दिन प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका थप एक जिल्लासदस्यलाईपक्राउ गरेको छ ।

रोल्पाको लुङ्ग्री गाउँपालिका – १ पाङका धनबहादुर खत्री ‘टाइगर’लाई सुबर्णावती गाउँपालिका–५ रिजाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयो । खत्रीका साथबाट पार्टीको चन्दा संकलन रसिद पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले यसअघि नेकपाका रोल्पा इन्चार्ज दलबहादुर खत्री जागृति र सचिव सन्तोष सुवेदी प्रयासलाई पक्राउ गरिसकेको छ।
निर्वाचन अभियानमा गाउँ पुगेका माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा उम्मेदवार वर्षमान पुन सवार गाडीलाई लक्षित गर्दै विभिन्न स्थानमा बम विष्फोट गराउने तथा गोली हान्नेमा नेकपाको संलग्नता रहेको प्रहरीले आशंका गरेको छ ।

111 total views, 1 views today