गाम पुग्यो लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान

रोल्पा अनलाइन Monday, November 13, 2017

रोल्पा, कात्तिक २७ । लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान आइतवार रोल्पाको विकट गाउँ गाम पुगेको छ । बाग्लुङ र प्यूठान जिल्लाको सिमानामा पर्ने गाम रोल्पा जिल्लाको दुर्गम मध्येको एक गाउँ पर्दछ ।

रोल्पाका पुराना नेता तथा पूर्वमन्त्री बालाराम घर्तीमगर सहितको लोकतान्त्रिक गठबन्धनका उम्मेदवार तथा नेताहरु सहितको चुनावी अभियानको टोली गाम पुगेको हो ।

गाममा आयोजित चुनावी सभालाई लोकतान्त्रिक गठबन्धनबाट प्रदेशसभा सदस्यका प्रत्येक्ष तर्फका उम्मेदवार शेरबहादुर महरा, समानुपातिक उम्मेदवार मनोजमणी आचार्य, राप्रपाका नेता समेत रहेका पूर्वमन्त्री घर्तीमगर, पूर्व सांसद् लेखनाथ आचार्य, राप्रपा रोल्पाका अध्यक्ष अम्मरबहादुर थापा, नेपाली काँग्रेसका नेताहरु माधवप्रसाद आचार्य, मानबहादुर खत्री, लेखमणी डाँगी, श्रीकुमारी रोका, सिमबहादुर विष्ट, महेन्द्र पुन, स्थानीय नेता देउसिंङ घर्ती ‘स्टोन’, नेविसंघका नेताहरु शेरबहादुर थापा, केशव विष्ट, नारायण रेग्मी लगायतको उपस्थित रहेको थियो ।
गठबन्धनको चुनावी अभियान जारी रहेको बताइएको छ ।

 

181 total views, 5 views today