नेकपाको बन्दले रोल्पा ठप्प

रोल्पा अनलाइन Monday, November 13, 2017

रोल्पा, कात्तिक २७ । पक्राउ परेका आफ्ना जिल्ला नेताहरुको विना सर्त रिहाईको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गरेको रोल्पा बन्दले जनजीवन प्रभावित बनेको छ ।


पक्राउ परेका जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’ र इन्चार्ज दलबहादुर खत्री ‘जागृति’को विना सर्त रिहाइको माग गरेको बन्दका कारण बिहानैदेखि बजार, शिक्षण संस्था, यातायात, कलकारदाना ठप्प रहेका छन् । यातायातका साधन सञ्चालन हुन नसक्दा जिल्ला बाहिरीने तथा भित्रिने नागरिकहरु अलपत्र बनेका छन् भने विद्यार्थीहरुको पठनपाठनमा समेत असर परेको छ ।

101 total views, 1 views today