नेकपाद्धारा रोल्पा बन्दको आह्वान

माधवकुमार ओली Sunday, November 12, 2017

माधवकुमार ओली

रोल्पा, कात्तिक २६ — आफ्ना जिल्ला नेताहरु पक्राउ परेपछि आक्रोसित बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सोमबार रोल्पा बन्दको आह्वान गरेको छ ।

पक्राउ परेका जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’ र इन्चार्ज दलबहादुर खत्री ‘जागृति’को विना सर्त रिहाइको माग गर्दै बन्दको आह्वान गरिएको विज्ञप्ति मार्फत जनाएको छ । जिल्ला कार्यालय सदस्य प्रतापद्धारा हस्ताक्षरित विज्ञप्तिमा शान्तिपूर्ण तरिकाले निर्वाचन खारेजको कार्यक्रम गर्दा माओवादी केन्द्रका नेताहरुको प्रत्यक्ष उक्साहटमा स्थानीय प्रशासनले ठूलो संख्यामा प्रहरी परिचालन गरी आफ्ना नेताहरु पक्राउ गरेको उल्लेख गरिएको छ ।

साथै यहि कात्तिक २२ गते दुईखोली गाउँपालिका–५ इरिबाङमा शान्तिपूर्ण तरिकाले जनसभा गरिरहेको समयमा माओवादी केन्द्रका गुण्डाहरुको आक्रमणमा परि घाइते आफ्ना कार्यकर्ताको निःशुल्क पूर्ण उपचारको व्यवस्था गर्न माग गरेको छ ।

88 total views, 1 views today