रोल्पामा नमूना मतदान

रोल्पा अनलाइन Saturday, November 11, 2017

रोल्पा, कात्तिक २५ । आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पामा नमूना मतदान गरिएको छ । निर्वाचन शिक्षा स्वयम्सेवकहरुको तालिम पश्चात शुक्रवार लिबाङमा नमूना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जनाएको छ ।

निर्वाचन शिक्षाका लागि जिल्लाका एलजीसीडीपीका सामाजिक परिचालक र बाल विकास केन्द्रका शिक्षकहरुलाई परिचालन गर्न तालिम दिइएको निर्वाचन कार्यालयले जनाएको छ ।

66 total views, 1 views today