एम्बुस विष्फोट गराउने माथि १५ राउण्ड गोली प्रहार

रोल्पा अनलाइन Saturday, November 11, 2017

रोल्पा, कार्तिक २५ । माओवादी केन्द्रका नेता एवम् रोल्पाबाट प्रतिनिधि सभाका लागि उम्मेदवार वर्षमान पुन ‘अनन्त’ लगायतका नेता चढेको गाडीलाई लक्षित गरी रोल्पामा एम्बुस विस्फोट गराउने अज्ञात समूहमाथि पुनका सुरक्षाकर्मीहरुले १५ राउण्ड गोली प्रहार गरेका छन् ।


अज्ञात समूहले पुनको गाडीलाई लक्षित गरी शनिवार बिहान साढे १० बजे घर्तीगाउँ र ओतको बीचमा पर्ने जङ्गलमा एम्बुस विस्फोट गराएको थियो । विस्फोटबाट कसैलाई क्षति पुगेको छैन । तर नेता पुन चढेको गाडी र सुरक्षाकर्मीको गाडीमा सामान्य क्षति पुगेको छ । नेता पुन चढेको गाडी कटेलगत्तै एम्बुस विस्फोट भएको थियो । विस्फोट गराउने अज्ञात समूहलाई लक्षित गरी पुनसँगै गाडीमा प्रतिनिधिसभाका लागि समानुपातिक उम्मेदवार जयपुरी घर्ती, क्षेत्र नं. २ का प्रदेशसभा सदस्य उम्मेदवार दीपेन्द्र पुन पनि थिए ।
यस्तै एमाले पोलिट्ब्युरो सदस्य गोकुल घर्ती, एमाले रोल्पाका अध्यक्ष हरिप्रसाद घर्ती चढेको गाडी भने केही पछि रहेको बताइएको छ । उनीहरू सबै दुईखोली गाउँपालिकाको राङ्सीमा आयोजित चुनावी कार्यक्रमा जाँदै थिए ।
एम्बुस विस्फोटपछि त्यसक्षेत्रमा सुरक्षाकर्मीले चेकजाँच बढाएका छन् । घटनापछि नेता पुनले उम्मेदवारको सुरक्षा र समग्र निर्वाचनमा शान्ति सुरक्षाको ग्यारेन्टी गर्न सरकारलाई आग्रह गरेको उक्त टोलीमा रहेका पत्रकार नवीन लोचनमगरले जानकारी दिनुभयो ।

203 total views, 2 views today