तिहारको माला बजारकै भर (भिडियो रिपोर्ट)

रोल्पा अनलाइन Tuesday, October 17, 2017

रोल्पा, असोज ३१ । कुनैबेला थियो तिहारको भाइटिकामा गाउँ गाउँमा उत्पादन भएका रङ्गी, विरङ्गी सयपत्री, मखमलीका फूलहरुबाट उनेका माला दिदीबहिनीहरुले आफ्ना दाजुभाई लगाइदिन्थे तर अहिले भने त्यस्तो अवस्था छैन् । बजारमा पाइने प्लाष्टिकका आयातित मालाले तिहार मनाउने प्रचलन बढेको छ ।


परम्परागत माला लगाउन छोडेर बजारका मालाहरु दिदीबहिनीहरुले दाजुभाईहरुलाई लगाइदिएपछि इज्जत बढ्ने, मानप्रतिष्ठा बढ्नुका साथै ठूलाबडाको रुपमा चिनिने गलत संस्कारका कारण रोल्पाका गाउँ गाउँमा सर्वसाधारणहरुले समेत देखासिकि गरेर बजारे माला किन्ने गरेका छन् । तिहारको समयमा गाउँघरका आगनडिलहरुमा देखिने सयपत्री, मखमली फूलहरु बजारीया मालाका कारण लोभ हुन थालेका छन् । तिहारको बेला गाउँमै ढकमक फूलेका फूलको माला लागाउदा आर्थिक भार पनि कम हुने गरेको भएता पनि अहिले बजारबाट महङ्गो पर्ने माला किनेर ल्याउदा खर्चपनि बढ्ने गरेको छ ।
अहिले रोल्पाका बजारहरु तिहारका लागि कम्तीमा २० रुपैयाँदेखि ५ सय रुपैयाँसम्म पर्ने कृत्रिम मालाहरुले घपक्क ढाकेको छ । तिहारको एक शिजनमा मात्रै लाखौं रुपैयाँको यस्ता बजारे मालाहरु जिल्लामा भित्रिने गरेको छ । यस्ता मालाले परम्परागत शैलीमा विकृति ल्याउनुका साथै चाडबाडहरु बढी खर्चिलो हुने गरेको छ । तिहारलाई लक्षित गरी गरिने फूलको खेतिले स्वच्छ, हराभरा र रमणीय वातावरण बनाउने गर्दछ तर बजारीय मालाले वातावरणीय प्रभाव समेत पार्ने गरेको छ ।

हेर्नुहोस् भिडियो रिपोर्ट :-

 

188 total views, 1 views today