प्रेस काउन्सिल समावेसी पत्रकारिता पुरस्कार विकलाई

रोल्पा अनलाइन Thursday, September 21, 2017

रोल्पा, असोज ५ । प्रेस काउन्सिल नेपालले प्रत्येक वर्ष प्रदान गर्ने ‘प्रेस काउन्सिल समावेसी पत्रकारिता पुरस्कार’ यस वर्ष रोल्पाका पत्रकार मानसिंह विकलाई प्रदान गरिने भएको छ ।


काउन्सिलले आफ्नो ४८औं वार्षिकोत्सवको अवसरमा प्रदान गर्ने विभिन्न विधाका पुरस्कारहरुका लागि पत्रकारहरुको नाम बुधवार एक विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको छ । दश हजार राशिको उक्त पुरस्कार शुक्रवार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट प्रदान गरिने कार्यक्रम रहेको विज्ञप्तिमा जनाइएको छ ।
नेपाल पत्रकार महासंघ रोल्पा शाखाका अध्यक्ष समेत रहनुभएका पत्रकार विक करिब एक दशकदेखि सक्रिय पत्रकारिता गर्दै आइरहनुभएको छ । उहाँ रोल्पा समाचार साप्ताहिकका प्रकाशक तथा सम्पादकको हुनुहुन्छ ।
यस्तै यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार बालकृष्ण चापागाई (बुटवल) र प्रेस काउन्सिल सुरेन्द्र बहादुर बस्नेत पत्रकारिता पुरस्कार धर्मेन्द्र झालाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि जनही एक लाख पाँच हजारको रहेको छ ।
काउन्सिलले यस वर्ष प्रदान गर्ने विभिन्न पुरस्कारबाट पुरस्कृत हुने पत्रकारहरुको नाम हेर्नुहोस ः—

322 total views, 1 views today