थबाङ गाउँपालिका अध्यक्ष घर्ती अपहरणमुक्त

रोल्पा अनलाइन Sunday, September 17, 2017

रोल्पा, असोज १ । भदौ २९ गते राती अपहरणमा परेका रोल्पाको थबाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती भदौ ३१ गते राती अपहरणमुक्त भएका छन् ।


अध्यक्ष घर्तीलाई नेपाल कम्युनिष्ट पार्टीले भदौ ३१ गते साँझ ७ बजेतिर रोल्पा नगरपालिका–१० भनभनेबाट पत्रकारहरु काशीराम डाँगी र खेम बुढाको जिम्मा लगाएको थियो । नयाँ नम्वरबाट आफुहरुलाई फोन गरेर थबाङ गाउँपालका प्रमुखलाई तपाईहरुको रोहवरमा छोड्ने बताएपछि आफुहरु त्यहा गएको पत्रकार खेम बुढामगरले बताए । अध्यक्ष घर्तीलाई असोज १ गते आफ्न्तको जिम्मा लगाइने प्रहरी नायव उपरिक्षक बिरेन्द्र थापाले जानकारी दिए ।

403 total views, 1 views today