ग्लोबलद्धारा छात्रवृत्ति हस्तान्तरण

रेशम विक Saturday, September 9, 2017

रोल्पा, भदौ २४ । ग्लोबल आई. एम. ई. बैंक लिमिटेडको ग्लोबल आई. एम. ई. आकाङ्क्षी छात्रावृत्ति वितरण कार्यक्रम शुक्रबार बाल कल्याण मावि लिबाङमा सम्पन्न भएको छ ।


दश हजार रुपैयाँ राशीको उक्त ग्लोबल आई.एम.ई. आकाङ्क्षी छात्रावृत्ति ग्लोबल आई.एम. ई. बैंक राप्ती अञ्चाल प्रमुख सोमलाल लिम्बुनेम्बाङले बाल कल्याण माविमा कक्षा ९ मा अध्ययनरत छात्रा सम्झना रेग्मीलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि लिम्बुनेम्बाङले यो छात्रावृत्तिलाई जिल्लामा व्यापक प्रचार गर्नुपर्ने र छात्रावृत्तिको सङ्ख्या समेत वृद्धि गर्नका लागि सम्बन्धीत निकायमा पहल गर्ने समेत बताउनुभयो । उक्त कार्यक्रममा ग्लोबल आई.एम.ई. बैंक लिबाङ शाखा प्रबन्धक प्रविन आचार्य लगायतको आतिथ्यता रहेको थियो । उक्त विद्यालयमा अध्ययनरत छात्राले ग्लोबल आई.एम.ई. आकाङ्क्षी छात्रावृत्ति पाउँदा आफु धेरै खुसी भएको बताउनुभयो । बाल कल्याण मावि व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक हरी प्रसाद घिमिरेले गर्नुभएको थियो भने सहभागिलाई स्वागत विद्यालयका प्रधानाध्यापक मधुसुदन पोख्रेलले गर्नुभएको थियो ।

232 total views, 2 views today