कृषि उपज संकलन केन्द्र अलपत्र (भिडियो रिपोर्ट)

रोल्पा अनलाइन Wednesday, August 9, 2017

रोल्पा, साउन २५ । रोल्पाका गाउँ–गाउँमा सडक पुगेपछि गाउँमा स्थापना गरिएका कृषि उपज संकलन तथा विक्रि केन्द्रहरु बन्द भएका छन् ।
पहिले गाउँमा सडक नपुग्दा सबै किसानहरु मिलेर एउटै स्थानमा विभिन्न कृषि उपज संकलन गरी विक्रि गर्ने गरिन्थ्यो । तर अहिले किसानको खेत, बारीमै गाडी पुग्ने भएपछि व्यापारीहरुले खेतबारीबाटै तरकारी तथा अन्य कृषि जन्य उपजहरु खरिद गर्न थालेपछि यस्ता कृषि उपज संकलन केन्द्रहरु बन्द भएका हुन् ।

किसानहरुले खेत, बारीबाटै तरकारी विक्रि गर्न थालेपछि यस्ता संकलन केन्द्रहरु अहिले अलपत्र बनेका छन् । विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहयोगमा निर्माण भएका यस्ता भवनहरु अहिले अलपत्र अवस्थामा रहेका छन् । यि कृषि उपज संकलन केन्द्रलाई अब किसानहरुले अन्य कुनै कामको लागि प्रयोग गर्न सकिने बताएका छन् ।

हेर्नुहोस भिडियो रिपोर्ट :-

172 total views, 1 views today