रोल्पाका ३ गाउँपालिकामा बैंक खुल्दैं

रोल्पा अनलाइन Thursday, July 20, 2017

रोल्पा, साउन ५ । रोल्पाको थबाङ, माडी र त्रिवेणी गाउँपालिकामा वाणिज्य बैंक खुल्ने भएका छन् । वाणिज्य बैंकहरुले देशभरका ७ सय ४४ स्थानीय तहमध्ये वाणिज्य बैंकको पहुँच नपुगेका ४ सय १२ मध्ये तत्काल २ सय ५० स्थानमा जाने सहमति गरेका छन् ।

एक बैंक गएको स्थानमा अर्को बैंकको शाखा नजाने सहमती सहित बैंकहरुले बनाएको सुची अनुसार रोल्पाको थबाङ गाउँपालिकामा जनता बैंक, माडी गाउँपालिकामा प्रभु बैंक र त्रिवेणी गाउँपालिकामा नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा खुल्ने भएको हो ।
यो क्रममा २ सय ४४ स्थानमा जाने सुची बैंकहरुले नै तयार गरेर राष्ट्र बैंकलाई बुझाएका थिए । राष्ट्र बैंकले पनि बैंकहरुको यो प्रस्तावलाई स्वीकार गरेको छ ।
स्थानीय तहमा जाने बजेट पहिले सरकारी बैंक (कृषि बिकास बैंक र राष्ट्रिय वाणिज्य बैंक) मा जम्मा हुने र त्यहाबाट वाणिज्य बैंकमा जम्मा गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।
सञ्चित कोष खाता अनिवार्य रुपमा यिनै बैंकमा रहनुपर्ने व्यवस्था गरिएको भएपनि स्थानीयले खर्च र सञ्चालन खाता अन्य बैंक तथा वित्तीय संस्थामा समेत राख्न सक्ने व्यवस्था रहेको छ ।
सञ्चित कोष खातामा केन्द्र र प्रदेशबाट जाने अनुदान र स्थानीय तहले संकलन गर्ने राजस्व जम्मा गर्नुपर्ने हुन्छ ।

हेर्नुहोस कुन बैंक कहाँ खुल्दैछन्

अनलाइनखबरको सहयोगमा

1,708 total views, 1 views today