गणतन्त्र दिवसमा मैत्रीपूर्ण फुटवल

रोल्पा अनलाइन Monday, May 29, 2017

रोल्पा, जेठ १५ । गणतन्त्र दिवसको अबसरमा हिजो लिबाङमा पत्रकार र सरकारी कर्मचारी, राजनीतिक दल र गैरसरकारी संस्थाबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

18698014_1299926413409290_2261712253467964167_n

प्रतियोगितामा कर्मचारी प्रथम, राजनीतिक दल द्धितीय, पत्रकार तृतीय र गैसस चौथौ भएका थिए । उक्त विजयी खेलाडीहरुलाई आज एक कार्यक्रमकाबीच प्रमाण पत्र र मेडल प्रदान गरिएको छ । जिल्लास्थित विभिन्न सरोकारवाला निकाय, राजनीतिक दल, सरकारी तथा गैरसकारी संस्था, नागरिक समाज, पत्रकार, सिक्षक, विद्यार्थी लगायतको सहभागितामा दशौं गणतन्त्र दिवस बाजागाजाका साथ टुडिखेल देखि पिपल चौतारासम्म र्‍याली निकालिएको थियो । र्‍याली पुनः टुडिखेलमा पुगी सभामा परिणत भएको थियो ।

18698223_1808091342852892_5340684892896853649_n

649 total views, 2 views today