स्वास्थ्य स्वयमसेविकाको कृषि मोह

भिम वली Saturday, May 27, 2017

रोल्पा, जेठ १३ । जंकोट माथलाकी देबु बुढा मगर एक सक्रिय कृषक मात्र नभई महिला स्वास्थ्य स्वयम्सेविका समेत हुन । उनको परिवारमा ७ जना सदस्य हरु छन् । यस गाउँमा कृषि तथा खाद्य सुरक्षा कार्यक्रम लागु भएपछि २०७२ साल फागुनमा उनका साथीहरुलाइ मिलायर २५ सदस्यीय आमा समूहको गठन गरिएको थियो ।

Debu
चैत्र महिनामा समूहका सदस्य हरुसँग छलफल गरि जिल्ला कृषि विकास कार्यालय र खाद्य तथा कृषि संगठनको प्राविधिक सहयोगमा महिला स्वम्सेविका देबु बुढा मगरको घर बारिमा २ रुपोनि जग्गामा गाउँ स्तरिय तरकारी नमूना बगैचा स्थापना गरिएको थियो । समूह गठन पूर्व तरकारी खेती गर्ने प्राविधिक ज्ञान उनिसँग ज्यादै कम थियो । उन्नत तरकारीको बिउ बिजनको अभाव प्राविधिक ज्ञानको कमि सिँचाई सुविधा उपलब्ध नहुनु उनि उनको समूहका सदस्यहरुको लागि तरकारी खेतीको लागि बाधक बनेको थियो । तत्पश्चात उनि र समूहका सदस्यहरुलाई जिल्ला स्वाथ्य कार्यालय कृषि तथा खाद्य सुरक्षा आयोजनाबाट उपलब्ध पोषण सम्बन्धि तालिममा संलग्न भएर समूह सञ्चालन , तरकारी खेतीको महत्व, तरिकाहरु सिकाइ तरकारी खेती गर्ने कार्यमा प्रेरित भएका थिए । यस पूर्व महिला स्वयम सेबिकाको मात्र काम गर्दै सानो जग्गामा घरपरिवारले खाने तरकारी मात्र खेती गर्ने गरेको उनले बताइन् । उनको परिवारका सदस्यहरुलाई तरकारी खान पनि राम्रोसँग पुग्दैन थियो भन्छिन उनी ।
हाल उनले सिजन अनुसारका तरकारी गर्दै आएकी छन् । अहिले वर्षमा बैशाखदेखि भदौसम्ममा उनले काँक्रो, सिमि, बन्दा, काउली, भिन्डी, फर्सि, धनिया, चना, आलु आदि तरकारी खेतीबाट ११३४ केजि तरकारी उत्पादन गरी २४५ केजि घर परिवारले खाएर पनि ८८९ केजि बिक्री गरि २६ हजार ६ सय ७० रुपैयाँ कमाउन सफल भएको यनको भनाई छ । अब उनको बाह्रै महिना तरकारी लगाउने योजना छ । कृषि तथा खाद्य सुरक्षा आयोजनाबाट बैरजातको बोका, १० वटा कुखुरा समेत प्राप्त भएको हुदा अब थप आयआर्जनको स्रोत थपिएको उनको भनाई छ । हिउँदयाममा लगाएका तरकारी लसुन, प्याज, धनिया अझै बारिमै छन् । सो बिक्रीबाट थप आम्दानी हुने कुरामा देबु ढुक्क छिन् ।
नमूना बगैचा कार्यक्रम अन्तर्गत कृषि तथा खाद्य सुरक्षा कार्यक्रमबाट साना अनुदान पावर टिलर समूहमा उपलब्ध भएपछि कृषि क्षेत्रमा अझ सक्रिय रुपमा अगाडि बढ्ने हौसला मिलेको उनी बताउछिन । नमूना बगैचा स्थापना भएदेखि वर्षभरी तकारी किन्न नपर्ने समूहका अन्य सदस्यहरुको भनाई छ ।

1,191 total views, 1 views today