रोल्पामा साहित्यिक दस्तावेज सार्वजनिक

रोल्पा अनलाइन Saturday, May 27, 2017

रोल्पा, जेठ १३ । साहित्यकार डी।बी। टुहुरोको ‘रोल्पाको साहित्यिक रुपरेखा तथा स्रष्टा र सिर्जना’ शुक्रबार लिबाङमा सार्वजनिक गरिएको छ । ललित साहित्य परिषद्, रोल्पाले लिबाङमा एक कार्यक्रमको आयोजनामा उक्त कृति सार्वजनिक गरिएको हो ।

db book

कार्यक्रमका प्रमुख अतिथि एवम् स्थानीय विकास अधिकारी शुशील वैद्यले लोकार्पण गरे । कृति लोकार्पण गर्दै प्रमुख अतिथि वैद्यले रोल्पामा पठक संस्कृति कम रहेको बताए । यहाँको पठन संस्कृतिलाई बढाउन जिल्ला समन्वय समितिले सहयोग गर्ने पनि उनले बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति किशोर आचार्य, नेकपा एमालेका नेपबहादुर वली, नेकपा क्रान्तिकारी ९माओवादी०का इन्चार्ज कुमार शाह, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह विक लगायतले बोलका थिए । कार्यक्रममा बक्ताहरुले ‘रोल्पाको साहित्यिक रुपरेखा तथा स्रष्टा र सिर्जना’ कृति रोल्पाको साझा सम्पत्ति रहेको बताए । त्यस्तै लेखकीय मन्तव्य दिँदै डी।बी। टुहुरोले करिब ८ वर्षको मेहनतले कृति जन्मिएको बताए । आर्थिक अभावकै कारण प्रकाशनमा थप ढिलाई भएको बताउँदै सहयोग गर्न उनले सबैलाई आग्रह गरे । कार्यक्रममा पत्रकार खेम बुढामगरले कृतिमाथि समीक्षा गरेका थिए ।
रोल्पा जिल्लामा बसेर साहित्यिक अभियानमा सक्रिय टुहुरोले यसअघि ‘टुहुरो’ कवितासङ्ग्रह९२०५६०, ‘प्रेम’ मुक्तकसङ्ग्रह९२०५७०, ‘जीवन’ कवितासङ्ग्रह९२०५८०, ‘तिमी’ मुक्तकसङ्ग्रह९२०५९०, ‘स्पन्दन’ संयुक्त गजलसङ्ग्रह९२०६००, ‘सिर्जना’ कवितासङ्ग्रह९२०६१०, ‘स्पन्दन’ संयुक्त गजलसङ्ग्रह९२०६२०, ‘बिहानी’ कवितासङ्ग्रह९२०६७०, ‘सृष्टिको फूल’ गजलगीत एल्बम९२०६९०, ‘छन्दमाला’ छन्दग्रन्थ९२०७००, ‘ललित साहित्य परिषद्को इतिहास’ समालोचना९२०७१० र ‘मेरो नेपाली व्याकरण र रचना’९२०७१० लगायतका प्रकाशित गरिसकेका छन् ।
२०८ पृष्ठको उक्त कृतिभित्र रोल्पा जिल्लाको संक्षिप्त चिनारी, लोकसाहित्यको परिचय, साहित्यको कालविभाज, यहाँका साहित्यकारहरुको चिनारी, यहाँका पत्रपत्रिका, रेडियो, पुरस्कारहरुको बारेमा जानकारी दिइएको छ ।
खेमराज गाउँलेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा परिषद्का अध्यक्ष लोक आलोक अध्यक्षता रहेको थियो भने कार्यक्रमको सञ्चालन नवीन लोचनमगरले गरेका थिए ।

358 total views, 1 views today