रोल्पाको साहित्यिक दस्तावेज सार्वजनिक हुने

रोल्पा अनलाइन Wednesday, May 24, 2017

रोल्पा, जेठ १० । साहित्यकार डी.बी. टुहुरोको ‘रोल्पाको साहित्यिक रुपरेखा तथा स्रष्टा र सिर्जना’ शुक्रबार लिबाङमा सार्वजनिक हुने भएको छ ।

2.15 SC & Book Bimochan (5)

                                                                                                     फाइल तस्वीर

ललित साहित्य परिषद्, रोल्पाको मंगलबार लिबाङमा सम्पन्न बैठकले टुहुरोद्वारा लिखित उक्त रोल्पाको साहित्यिक दस्तावेज सार्वजनिक गर्ने निर्णय गरेको हो । परिषद्का अध्यक्ष लोक आलोकको अध्यक्षतामा बसेको बैठकले लोर्कापण हुने उक्त कृतिमाथि समीक्षा गर्ने जिम्मा खेम बुढामगरलाई दिने निर्णय गरेको छ ।

रोल्पाको साहित्यिक इतिहास, रोल्पाका कृतिकारहरुको संक्षिप्त चिनारी, रोल्पाबाट प्रकाशित पत्रपत्रिकाहरु तथा रोल्पामा स्थापित विभिन्न पुरस्कारहरुको जानकारी पुस्तकमा समेटिएको बताइएको छ । उक्त ‘रोल्पाको साहित्यिक रुपरेखा तथा स्रष्टा र सिर्जना’ ललित साहित्य परिषद्, रोल्पाको २८ औं प्रकाशन हो ।

322 total views, 1 views today