कृषि बिमा बारे रोल्पाका किसान अनभिज्ञ

पहलमान घर्ती Friday, April 28, 2017

रोल्पा, बैशाख १५ । जिल्लाामा कृषि बिमा कसैले पनि नगरेको पाइएको छ । कृषि बिमा गर्ने कार्य लागु भएको ६ वर्ष बीतिसक्दा पनि सो बिमा रोल्पामा १ जनाले पनि गरेका छैनन् अर्थात शुन्य अवस्थामा रहेको पाइएको छ ।

Gahukheti

हामीले कृषि बिमा किसानलाई गराउनको लागि प्रयास गर्दै छौं जिल्ला कृषि विकास कार्यालय रोल्पाका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले भन्नुभयो । बाख्राको पाठो मर्दा भेटेनरीमा जान्छन् तर गोलभेडाको बोट मर्दा किसानले चासो दिदैनन् उहाँले भन्नुभयो । अव प्रधानमन्त्री आधुनिनिकि कृषि परियोजना अन्तरगत मकै विकास पकेट कार्यक्रमको अनिवार्य बिमा गराउने भनेका छौं । बिमा कम्पनीको मान्छेलाई पनि बोलाएर छलफल गरेको श्रेष्ठको भनाई छ ।

carring vegetable
बाली तथा पशु पंक्षि बिमा कम्पनी नेशनल एनस्योरेन्सका रोल्पा शाखा इन्चार्ज जनक ओलीले भन्नुभयो कृषि बिमाको लागि सरकारी निकायले समन्वयकारी भुमिका खेल्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो कृषि कार्यालयमा आएका मान्छेहरुलाई कृषि बिमा सम्बन्धी जानकारी दिनुपर्ने उहाँको तर्क छ । उहाँले भन्नुभयोे गत वर्ष जिल्लामा पशु बिमा ११ सयले गरेका थिए । पशु बिमाको हकमा पशु कार्यालयले अलिकति पहल नगरिदिएको भए त्यो सम्भव थिएन उहाँले उदाहरण दिदै भन्नुभयो ‘हामी सिधै गएर बीमा गर्न मिल्दैन ।’ कृषि कार्यालय, सेवा केन्द्र, अथवा गाविसको कृषि प्राविधिकहरु किसानले खेती लगाउनु भन्दा पहिले गएर स्टेमेट गर्नुपर्छ । स्टेमेटको आधारमा हामीले बल्ल बिमा गर्ने हो उहाँले भन्नुभयो ।
कृषि बिमा गर्दा कुल बीमाङ्क स्टेमेटको ५ प्रतिशत प्रिमियम रकम किसानले बिमा कम्पनीलाई बुझाउनु पर्छ । किसानले बुझाउनु पर्ने ५ प्रतिशत प्रीमीयम रकमको ७५ प्रतिशत नेपाल सरकारले व्यहोर्ने व्यवस्था छ । किसानले बाली लगाएदेखि नभित्राउञ्जेलसम्म त्यो बिमा लागु हुन्छ । किसानले लगाएको बाली बिमा अवधिभर असिना पानी अथवा कुनै पनि प्रकारको क्षति भयो भने क्षति हेरेर क्षतिपुर्ती बिमा कम्पनीले दिन्छ । पूर्णरुपमा क्षति भएको खण्डमा बिमा कम्पनीले बिमाङ्क रकमको ९० प्रतिशत किसानलाई उपलब्ध गराउँछ आधा क्षति भएको छ भने ५० प्रतिशत किसानलाई दिन्छ । क्षति भएको रकम बीमांक रकमको आधारमा किसानले बैंक मार्फत् पाउने व्यवस्था रहेको ओलीले बताउनुभयो ।
जिल्लामा व्यवसायिक रुपमा कृषि गरिने भएपनि किसानलाई यस बारेमा खास्सै जानकारी नभएको बताएका छन् । रुन्टीगढी गाउँपालिका ६ का टोप बहादुर बोहराले कृषि बिमा भन्ने रेडियोमा सुनेको भएपनि खास्सै जानकारी नभएको बताउनुभयो । अहिलेसम्म कसैले पनि कृषि बिमा हुन्छ भनेर भनेको छैन उहाँले भन्नुभयो कृषि सेवा केन्द्रबाट मान्छे त आउनु हुन्छ तर कृषि बिमाको बारेमा केहि भन्नु हुन्न । वार्षिक डेढ लाख भन्दा बढीको तरकारी बेच्ने गरेको बोहराको भनाई छ ।

Lasun1
त्यस्तै अर्का किसान दल बहादुर पुनले आफुले १ वर्ष पहिले सदमुकामर आउदा कताकता सुनेको भएपनि सम्बन्धीत निकायबाट जानकारी नपाएको बताउनुभयो । रोल्पाको रुन्टीगढी गाउँपालिका अन्तरगत यो क्षेत्रमा किसानहरुले विगतदेखिनै व्यवसायिक कृषि पेशा अपनाउदैं आएका छन् । यो क्षेत्रमा किसानहरुले वार्षिक २ लाखदेखि २ लाख ५० हजार सम्म किसानले कृषि पेशाबाट आम्दानी लिने गरेका छन् ।

637 total views, 1 views today