जलजला संरक्षणमा जिल्ला वन कार्यालयको चासो
रोल्पा, बैशाख १४ । उचित संरक्षण तथा व्यवस्थापन नपाएको रोल्पाको धार्मिक तथा पर्यटकीय स्थल जलजला क्षेत्र संरक्षणमा जिल्ला वन कार्यालय रोल्पाले चासो देखाएको छ ।
जिल्ला वन समन्वय समितिलेको बैठकले जलजला क्षेत्र संरक्षणको लागि गुरुयोजना बनाएर जाने निर्णय गरेको थियो जिल्ला वन अधिकृत भिम कालिकोटेले भन्नुभयो । त्यहि अनुसार विभागबाट गरुयोजना बनाउनको लागि कार्यक्रम स्वीकृत भएर आएको छ । जैविक विविधता मानवविय श्रोत साधनको अध्ययन गरि गुरुयोजनाको प्रक्रिया अगाडी बढाउने कालिकोटेले रोल्पा अनलाइनलाई जानकारी दिनुभयो । गुरुयोजनाको एक÷दुई दिन भित्रै सुचना आव्हान हुने कालिकोटेले जनाउनुभयो । आर्थिक वर्ष २०७३÷०७४ कोे वार्षिक स्वीकृत कार्यक्रमको राष्ट्रिय वन विकास कार्यक्रम अन्तरगत पश्चिम पहाड भुपरिधि नमुना वन विकास कार्यक्रमका लागि विनियोजित बजेटबाट सो क्षेत्र संरक्षणका लागि गरुयोजना बनाउने निर्णय समन्वय समितिले गरेकोे हो ।
जलजला धार्मिक, पर्यटकीय क्षेत्र मात्र नभइ जडीबुटीको राम्रो सम्भावना बोकेको ठाउँ हो । यस क्षेत्रलाई राज्यले संरक्षण गर्न नसक्दा वर्षेनी लाखौं रुपैयाँको आम्दानी समेत गुमाइ थियो । जलजला क्षेत्रमा सतुवा, पदमचाल, पाँचऔले जस्ता दर्जन भन्दा बढी महत्वपुर्ण जडीबुटीहरु पाइन्छ । रेडपान्डा, भालु, चितुवा, वनविरालो जस्ता दुर्लभ वन्यजन्तुहरु पनि पाइन्छ । समुन्द्री सतहदेखि करिव ३५ सय मिटर उचाइमा रहेको जलजला क्षेत्र करिव ५ सय रोपनी क्षेत्रफलमा रहेको छ । यस क्षेत्रको रमणीय र सौन्दर्य वातावरणमा गुफा, विभिन्न प्रजातीका फुलहरु पाइन्छ । रातो, सेतो लालिगुराँसका फुललरु पनि यो क्षेत्रमा पाइन्छ । फुल धार्मिक आस्थाको धरोहर पनि हो ।
धार्मिक मान्यता अनुसार जलजलामा जान्छु भनेपछि जानैपर्छ भन्ने मान्यता पहिलेदेखिनै चल्दै आइरहेको छ । जलजलामा गएर पुजा गरे मनले चिताएको पुग्ने धार्मिक विश्वास रहेको छ । टाढाटाढाबाट पनि धार्मिक आस्था बोको मान्छेहरु जलजलामा पुजा गर्न पहिलेदेखिनै आउने गर्दछन् । पुजा–आजा गर्नका लागि मठ मदिन्र, तलाउ, निर्माण गरिएका छन् । गत चैत्र २८ गते संरक्षण अभावमा जलजला शिर्षकमा रोल्पा अनलाइनले समाचार समेत प्रकाशन भएको थियो ।
984 total views, 1 views today