आधारभूत लेखा व्यबस्थापन तालिम सम्पन्न

हर्क घर्तीमगर Wednesday, April 26, 2017

रोल्पा, बैशाख १३ । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड रोल्पाको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) नयाँ बानेश्वर काठमाण्डौको प्रबिधिक सहयोगमा ३ दिने आधारभूत लेखा व्यबस्थापन तालिम मंगलबार लिबाङमा सम्पन्न भएको छ ।

Lekha Trainning
रोल्पा स्थित विभिन्न संस्थाहरूबाट ३० जनाको सहभागिता रहेको तालिमको सहजिकरणन नेफ्स्कुनका तालिम अधिकृत कृष्ण प्रसाद आचार्यले गर्नुभएको हो । तालिम पश्चात् संस्थाको हिसाब व्यवस्थित राख्न मद्दत पुग्ने आयोजकले बताएको छ । तालिम समापनमा आफ्नो कुरा राख्दै जिल्ला बचत संघका अध्यक्ष यनारजन घर्तीमगरले तालिमका सिकाइ तत्काल आफ्ना संस्थामा लागू गरेमात्र तालिमको उदेश्य पूरा हुने हुदा सबै सहभागिले आ आफ्नो संस्थामा व्यवहारमा लागू गर्ने तर्फ लाग्न सहभागिलाइ सुझाउनु भयो ।
तालिम समापन पश्चात् आयोजित समापन कार्यक्रमा प्रशिक्षक तथा समापन कार्यक्रमका प्रमुक अतिथि आचर्यले सम्पुर्ण सहभागिहरूलाइ सक्रिय सहभागिताको प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

332 total views, 2 views today