रोल्पामा किसान परियोजनाको लगानी कति ?

रोल्पा अनलाइन Friday, April 21, 2017

रोल्पा, बैशाख ८ । विगत ५ वर्षअघिदेखि सञ्चालित ज्ञानमा आधारित एकीकृत दिगो कृषि तथा पोषण (किसान) परियोजना सम्पन्न भएको छ । उक्त परियोजनाको आज एक कार्यक्रमको आयोजना गरी जिल्लाका सरोकारवालाहरुको सहभागितामा औपचारिक रुपमा समापन गरिएको छ ।

Kishan Project
यूएसएआईडीको सहयोगमा देशभरका २० जिल्लामा सञ्चालित किसान परियोजना रोल्पाका १४ गाविसमा सञ्चालित थियो । तर जिल्लामा सञ्चालित उक्त परियोजनाले कति लगानी ग¥यो भन्ने बारेमा भने परियोजनामा कार्यरत कसैलाई थाहा नभएको पाइयो । प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईको अध्यक्षतामा भएको समापन कार्यक्रममा परियोजनाको बारेमा जानकारी दिने क्रममा परियोजनाका रोल्पा प्रमुख सुशान्त ताम्राकारले जम्मा बजेट नै प्रस्तुत गर्नुभएन । ताम्राकारको प्रस्तुती सकिएपछि प्रतिक्रिया राख्ने क्रममा जिल्ला समन्वय समितिका सुचना अधिकारी रामकुमार न्यौपानेले बजेट कति थियो भन्ने जिज्ञासा राख्नुभएको थियो । जवाफमा परियोजना रोल्पाका प्रमुख ताम्राकारले यो परियोजनामा आफू नयाँ भएको भन्दै अन्दाजि करिब एक करोड रहेको बताउनुभयो । यस्तै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले पनि आफ्नो मन्तव्यको क्रममा बजेटका बारेमा कुरा राखेपछि परियोजनाका कलष्टर म्यानेजर प्रेम भट्टराईले बजेट पारदर्शी रहेको बताउदैं अहिले ठयाक्कै यति खर्च गरियो भन्न मात्रै नसकिएको बताउनुभयो ।
कार्यक्रममा सहभागि कृषकहरुले परियोजनाका बारेमा आफ्ना भनाईहरु राखेका थिए ।

779 total views, 1 views today