रोल्पाली च्याउले मुल्य नपाउँदा कृषक मर्कामा

पहलमान घर्ती Friday, April 14, 2017

रोल्पा, बैशाख १ । लालिगुरास कृषक समुहले रोल्पाको डुव्रिङमा २०७३ साल फागुन महिनामा पहिलो पटक च्याउ खेती ग¥यो । जिल्ला कृषि विकास कार्यालयको ३५ हजार अनुदानलाई लगानी गर्दै समुहले च्याउ खेतीको सुरुवात गरेको हो ।

Chyau

समुहमा रहेका सबै जनले च्याउ खेतीमा मेहनत पनि गरे । समुहले सोचे जस्तै च्याउ पनि उत्पादन भयो । पहिलो पटक खेती गरिएको च्याउ बेच्नको लागि तयार भयो । समुहले च्याउ बेच्न सुरु ग¥यो । पहिलो पटक समुहले ३ सय रुपैयाँ केजी च्याउँ बेच्यो । फेरी दोस्रो पटक च्याउ बेच्नको लागि तयार भयो । दोस्रो पटक समुहले २ सय ५० रुपैयाँ केजीमा च्याउ विक्री ग¥यो । सम्हको अव तेस्रो पटक २ सय रुपैयाँ केजीमा च्याउ विक्री भयो । तर च्याउको बजार भाउ राम्रो नहुँदा कम मुल्यामै च्याउ बेच्दै आएका छन् । उक्त समुहको अव अर्को पटक च्याउ बेच्नको लागि तयार हुन लागेको छ । अव कतीमा मुल्यमा च्याउ विक्री हुन्छ भन्ने विषयमा समुह अलमलमा छ । पहिलो पटक ३ सयमा, दोस्रो पटक २ सय ५० मा । तेस्रो पटक २ सयमा बेच्यौं समुहका आशमान गिरीले भन्नुभयो । अव १ सय वा २ सय कती रुपैयाँमा विक्री हुन्छ भन्नेमा समुह अलमलमा छ । १ सय किलो गराउन सकिम भनेपनि १ सयमा बेचिम भनेपनि हाम्रो १० हजार हुन्छ गिरीले भन्नुभयो । अर्को पटक फेरी १ सय किलो भयो भने फेरी १० हजार हुन्छ उनले भने । २ सय रुपैयाँ केजी विक्री भयोे भने सबै गरेर ७०÷८० हजार होला जस्तो पनि छ हुने नहुने त भाउले हो उहाँले भन्नुभयो । यहि पैसालाई समुहमा भएका भरीले बाड्ने हो । खर्च कटाएर समुहले बाड्ने हो । समुहमा १७ जना रहेका छन् । एक जनालाई ४ हजार जती पर्छकी भन्ने आशा गरेको गिरीले बताउनु भयो । अहिले सम्म समुहले १ सय ६० केजी च्याउ विक्री गरिसकेको छ ।
थोरै जमीनमा खेती गरेर धेरै आम्दानी लिन सक्ने व्यवसाय च्याउ खेती हो । भने च्याउ छोटो समयमा उत्पादन हुने गर्दछ । विगत २÷३ वर्ष यता जिल्लामा च्याउ खेती गरिदै आएको छ । जिल्लामा यहा मात्र नभइ अन्यत्रको च्याउको मुल्यको हालत पनि यस्तै रहेको छ । च्याउ महिला बुढा बढी जुनसुकै व्यक्तिले पनि सजिलै गर्न सक्ने व्यवसाय हो । यस क्षेत्रको च्याउले राम्रो बजार भाउ पाउन सके कृषकहरुको च्याउ खेतीतर्फ ध्यान जाने छ । च्याउलाई बजार व्यवस्थापन गर्नको लागि सम्वन्धीत निकायले सोच्न जरुरी देखिन्छ । र च्याउ खेतीतर्फ किसानलाई आकर्षित गर्न आवश्यक रहेको छ । यहाँको च्याउले राम्रो मुल्य पाउन सके स्थानीय कृषकहरु आर्थिक रुपमा समृद्ध बन्दै जाने छन् ।

409 total views, 1 views today