४ दिनदेखि फोनसेवा अवरुद्ध

रोल्पा अनलाइन Tuesday, April 11, 2017

रोल्पा, चैत २९ । शुक्रबार परेको चट्यांगका कारण रोल्पाको रातामाटामा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा क्षति पुगेपछि रोल्पाको पश्चिमभेगका केहि गाउँ तथा रुकुम, सल्यान, जाजरकोटमा धेरै गाउँमा फोनसेवा अवरुद्ध भएको छ । एनसिएल बाहेकका सबै किसिमको फोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । रुकुममा गत शुक्रबारदेखी नमस्ते मोबाइल, ल्याण्ड लाइन तथा एडिसियल इन्टरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् ।
फोन र इन्टरनेट सेवा अवरुद्ध भएपछि स्थानीयलाई समस्या भएको छ । चट्यांगका कारण क्षति भएको सो रातामाटाको टावर मर्मतका लागी काम सुरु भइसकेको टेलिकमले जनाएको छ । सेवा सुचारु कहिले देखी हुन्छ भन्ने अझै टुंगो नलागेको बताइएको छ ।

976 total views, 1 views today