रेडियो उद्घोषण तथा पत्रकारिता तालिम सुरु

रोल्पा अनलाइन Monday, April 3, 2017

रोल्पा, चैत २१ । रेडियो उद्घोषण तथा आधारभूत पत्रकारिता तालिम आजदेखि रोल्पाको लिबाङमा सुरु भएको छ । ५ दिने रेडियो उद्घोषण तथा आधारभूत पत्रकारिता तालिमको आज एक कार्यक्रमकाबीच नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपानेले उद्घाटन गर्नुभएको थियो ।

Journalism Trainning.

तालिमको उद्घाटन गर्दै अध्यक्ष न्यौपानेले प्रविधिको विकाससँगै जिल्लाको पत्रकारितालाई थप गुणस्तरीय बनाउदैं लैजानुपर्ने बताउनुभयो । नयाँ संरचना अनुसार स्थानीय तहमा रहेर गाउँ गाउँमा लुकेका र लुकाइएका समाचारलाई बाहिर ल्याउन समेत उहाँले आग्रह गर्नुभएको थियो । तालिम पश्चात पत्रकारिता पेशामा लाग्ने चाहना भएकाहरुलाई सञ्चार माध्यमहरु जिल्लामा प्रशस्तै रहेको भन्दै अध्यक्ष न्यौपानेले त्यसका लागि पत्रकार महासंघ रोल्पा र आफूले सक्दो सहयोग गर्ने समेत प्रतिवद्धता जनाउनुभएको थियो ।

Journalism Trainning

जिल्लाको नयाँ संरचना अनुसार हरेक स्थानीय तहमा सञ्चार माध्यमको पहँुच विस्तार गर्ने उद्देश्यले सुरु गरिएको पत्रकारिता तालिम आगामी चैत २५ गतेसम्म चल्ने बताइएको छ । तालिम व्यवस्थापन समितिका संयोजक माधवकुमार ओलीको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रमको प्रमुख आतिथि पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने रहनुभएको थियो ।

तालिमको उद्घाटन कार्यक्रममा तालिम व्यवस्थापन समितिका सदस्य जीवन डाँगीले तालिमको उद्देश्यकका बारेमा जानकारी गराउदैं सहभागिहरुलाई स्वागत गर्नुभएको थियो भने सञ्चालन सदस्य भिम वलीले गर्नुभएको थियो ।

Mahesh

तालिमको पहिलो दिन पत्रकार महासंघका अध्यक्ष न्यौपाने र संस्थापक अध्यक्ष काशीराम डाँगीले प्रशिक्षण दिनुभएको थियो ।

Kashiram यस्तै भोली दास्रो दिन बशन्त विबस आचार्य लगायतले प्रशिक्षण दिने बताइएको छ । रेडियो रोल्पा, रोल्पा अनलाइन, जनआकांक्षा साप्ताहिक, चतुर्भुज साप्ताहिक लगायतको मिडिया साझेदारीमा सञ्चालित तालिममा ८० जना भन्दाबढीको सहभागिता रहेको आयोजकले बताएको छ ।

954 total views, 1 views today