माध्यामिक शिक्षा परीक्षाका लागि रोल्पामा १७ परीक्षा केन्द्र कायम गरिएको छ

रोल्पा अनलाइन Monday, March 13, 2017

यस वर्षको माध्यमिक शिक्षा परीक्षा यहि चैत ३ गते देखि सुरु हुदै छ । एसईई परीक्षाको लागि जिल्ला शिक्षा कार्यालय रोल्पाले तयारीलाई हालसम्म कहाँ पु¥याएको छ, भनि जिल्ला शिक्षा अधिकारी चिरञ्जीवि पौडेलसँग जीवन डाँगीले गरेको कुराकानीको सारसंक्षेप :-

माध्यमिक शिक्षा परीक्षाको तयारी के कस्तो भईरहेको छ ?
विगत वर्षहरु मामाध्यामिक तहको अन्त्य कक्षा १० मा लिइने एस्एल्सी परीक्षा यस शैक्षिक शत्र बाट कक्षा १२ सम्म माध्यामिक तह भए पछि कक्षा १० को अन्त्यमा लिइने परीक्षा माध्यामिक शिक्षा परीक्षा कक्षा १० रुपमा आगामि २०७३ चैत्र ३ गतेबाट सञ्चालन हुदैछ । परीक्षा नियमित प्रक्रिया भएकोले स्वभामिक रुपमा यसका लागि गर्नु भर्ने सबै व्यवस्थापकिय तयारीहरु व्यवस्थितरुले पुरा भएको छ । जस अन्तरगत परीक्षा केन्द्र तथा केन्द्राध्यक्षहरु तोक्ने, प्रश्नपत्र तथा उतर पुस्तिकाको व्यवस्थापन, केन्द्राध्यक्षहरुलाई सवलीकरण तालिम आदि सम्पन्न भएका छन् । यसका लागि परीक्षा समन्वय समितिको बैठक बसी आवश्यक नीतिगत तथा व्यवस्थापकिय निर्णयहरु सम्पन्न भएका छन् ।

यस बर्ष रोल्पा जिल्लाको कति केन्द्र र कति बिद्यार्थीले एसइइमा भाग लिदै छन् ?
माध्यामिक शिक्षा परीक्षा २०७३ मा ७३ माध्यामिक विद्यालय अन्तरगत एक खुल्ला र एक प्राविधिक समेत ७५ विद्यालयका नियमित तर्फ ३१२९ र एक्जाम्टेड तथा ग्रेडबृद्धी तर्फ ६८२ गरी ३८११ विद्यार्थीले माध्यामिक शिक्षा परीक्षामा भाग लिदैछन् । यसका लागि १७ परीक्षा केन्द्र कायम गरिएको छ ।

केन्द्राध्यक्ष चयन प्रक्रिया र परीक्षा केन्द्रको बारेमा केहि बताईदिनुस् न ?
रोल्पा जिल्लामा विगतवर्षको जस्तै केन्द्रध्यक्ष चयनमा परीक्षा नियन्त्रण कार्यालयले निर्देशन गरे बमोजिम निर्देशिका अनुसार स्थायी माध्यामिक शिक्षकहरुलाई केन्द्रध्यक्षमा परीक्षा समन्वय समितिले छनौट गरेको छ । सबै सरोकारवालहरुको सुझाब समेतलाई मनन गरी रोल्पा जिल्लाको बस्ुतगत अवस्थाको आधारमा परीक्षा केन्द्र कायम भएको विद्यालयमा स्थायी माध्यामिक तहको प्रअ वा शिक्षक भएका निजलाई नै केन्द्रध्यक्ष तोकीएको छ र परीक्षा केन्द्र कायम भएको विद्यालयमा स्थायी माध्यामिक तहको प्रअ वा शिक्षकनभएको अवस्थमाअन्यविद्यालयका स्थायी माध्यामिक शिक्षकलाई केन्द्रध्यक्ष तोकिएको छ । यस आधारमा १७ परीक्षा केन्द्रमध्य ६ वटा विद्यालयमा सोहि विद्यालयका प्रअ तथा मावि शिक्षकलाई केन्द्रध्यक्ष तोकिएको छ भने बाँकी ११ वटा परीक्षा केन्द्रमा बाहिरबाट केन्द्रध्यक्षको व्यवस्था गरिएको छ । यसरी केन्द्रध्यक्षको चयन गर्दा समावेशी सिद्धान्तका आधारमा महिला, जनजाती, दलित, संस्थागत तथा सामुदायिक विद्यालयको समेत प्रतिनिधित्व हुने गरी छनौट गरिएको छ ।
विगतवर्षहरु भन्दा बढी भन्दा बढी विद्यार्थीलाई सहज होस भनेर यस पटक परीक्ष केन्द्र कायम गर्दा एक स्रोत केन्द्र एक परीक्ष केन्द्रको नीति लिइएको छ । सोही अनुसार यस पटक परीक्षार्थी घटेता पनि परीक्ष केन्द्र भने विगतको भन्दा बढेर १५ बाट १७ पुगेको छ । यसरी १६ स्रोतकेन्द्र अन्तरगत १७ वटा परीक्षा केन्द्र कायम भएको छ भने होम सेन्टरको नराखी आफ्नो विद्यार्थी भएको स्थानमा केन्द्राध्यक्षको जिम्मेवारी पनि दिइएको छैन । परिक्षा केन्द्रमा आवश्यक फर्नीचर तथा अन्य व्यवस्था गर्न लगाइएको छ । यस वर्ष ५ वटा विद्यालयलाई परीक्ष केन्द्र सहयोग कार्यक्रम समेत रहेको छ ।

परिक्षालाई मर्याति तवरले सञ्चालन गर्न जिल्ला शिक्षा कार्यालयले कस्तो खालको योजना बनाएको छ ?
परीक्षलाई मर्यादित रुपमा सञ्चालन गर्नका लागि परीक्षामा सम्लग्न हुने सबै सरोकारवालहरुको महत्पूर्ण भूमिका रहन्छ । परीक्षार्थीहरु स्व अनुसासित हुने , केन्द्रध्यक्ष लगायत परीक्षाको काममा खटिने सबैले परीक्षा केन्द्रमा उपयुक्त वातावरण सृजना गर्न जरुरी छ । शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले परीक्षा पूर्व केन्द्रध्यक्षको सहजीकरणमा आचार सहिता निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्न सकेमा परीक्षलाई व्यवस्थित तथा मर्यादित रुपमा सञ्चालन गर्न सहजहुने छ । परीक्षालाई सहज तरीकाले सम्पन्न गर्न जिल्ला शिक्षा कार्यालयको सयन्त्र, स्रोत व्यक्तिहरु बाट तोकिएको स्रोतकेन्द्रमा नियमित अनुगमनगर्ने र आवश्यक सहजीकरण गर्ने , परिक्षा समन्वय समितिको मोवाइल टोली तथा शिक्षकका पेशागत सँस्थाहरु बाट समेत परीक्षाका अनुगमन निरीक्षण गर्ने योजना गरिएको छ । यसलाई थप प्रभावकारी बनाउन सञ्चारकर्मी लगायत सरोकारवालहरुको समेत सकारात्मक सहभागीताको अपेक्षा गरिएको छ ।

अघिल्ला वर्षहरुको तुलनामा यस वर्षको माध्यमिक शिक्षा परिक्षाको परिणाम कस्तो हुने अपेक्षा गर्नुभएको छ ?
गत वर्ष देखि गे्रड्ङि प्रणालीमा परीक्षाको सुरुवात भएको छ । विगत ५ वर्षको माध्यामिक शिक्षा परीक्षाको उपलब्धिलाई विश्लेषण गर्दा ३ वर्ष आगाडि देखि क्रमश करीव १० प्रतिशतको दरले वार्षिक प्रगति भएको देखिन्छ । यस क्षेत्रका अन्य जिल्लाको तुलनामा रोल्पाको उपलब्धि कमजोर रहेता पनि क्रमश सुधार उन्मुख देखि एकोले गतवर्षको भन्दा केही सुधार हुने अपेक्षा गर्न सकिन्छ ।
विद्यालयमा तोकीएको हाजिरी संख्यान पुगेर माध्यमिक शिक्षा परिक्षा दिनबाट कोही विद्यार्थी वञ्चित हुन परेको छ की छैन ?
विद्यालयमा शैक्षिकशत्रको अन्त्यमा सहभागीभएका विद्यार्थीहरु हाजिर नपुगेको कारण परीक्षा दिनबाट बन्चितभएको अवस्था रहेको छैन तर परीक्षाको फारमा भरेर विचैमा विद्यालय छोडेका केहीविद्यार्थीहरु अयोग्य रहेका छन् ।

माध्यमिक शिक्षा परिक्षा सहभागि हुने बिद्यार्थीलाई तपाई के सुझाव दिनुहुन्छ ?
मूल्याँकन निरन्तर प्रक्रिया हो । विद्यालय शिक्षाको माध्यामिक तहको कक्षा १० को अन्त्यमा लिइने परीक्षा विद्र्थीको भावी दिशा निर्धारण गर्ने महत्वपूर्ण कार्य हो । १० वर्ष सम्म देश, परिवार, समुदाय, विद्यालय र स्वयम् विद्यार्थीले गरेको लगानीको उचित प्रतिफल पाउने यो अवस्थामा म सबै विद्यार्थीहरुलाई आफूले जानेको ज्ञान, सीप, दक्षता र क्षमतालाई निर्भिकतका साथ सृजनात्मकरुपले भय रहित वातावरणमा परीक्षाको माध्यमबाट प्रस्तुतगर्न अनुरोध गर्दछु ।

अन्त्यमा केही भन्नु छ की ?
आगामी चैत्र ३ गतेबाट सुरु हुने माध्यामिक शिक्षा परीक्षा हामी शिक्षा क्षेत्रको सबै सरोकारवालाको चासोको विषयहो । यस अवसरमा म सम्पूर्ण अभिभावक, प्रधानाध्यापक, शिक्षक, शिक्षा पे्रमि, सुरक्षा निकायका पदाधिकारी, पत्रकार, शिक्षका पेशागत सँघसँस्था लगायत सबैमा परीक्षलाई व्यवस्थितिरुपमा सम्पन्न गर्न विगत वर्षहरु माझै सहयोग,सुझाब र सहभागीताको लागि हार्दिक अनुरोध गर्दछु । सबै केन्द्रध्यक्ष र परीक्षामा प्रत्यक्ष खटिने पदाधिकारीहरुलाई तोकिएको जिम्मेवारी निर्भिकतापूर्वक वहन गरी परीक्षालाई प्रभावकारी र व्यवस्थित तवरले सम्पन्न गर्न अनुरोध गर्दछु । जिल्ला शिक्षाकार्यालय सबै सरोकारवाल सँग हातेमालो गर्दै गुणात्मक शिक्षाको लागि निरन्तर लागि पर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

3,143 total views, 1 views today