किन बिचरा हुन्छ पत्रकारिता ?

दुर्गालाल केसी Monday, March 13, 2017

कोही पत्रकार साथीहरु भन्छन् पत्रकार भएकै कारण विवाहका लागि भनेजस्तो केटाकेटी पाउन गाह्रो हुने स्थिती भैसक्यो । समाजले पत्रकारीतालाई जागिर मान्न छाड्यो । बुझ्दै जा“दा कम तलवको हल्ला चल्दा चल्दा पत्रकारिता त लाजमर्दो पेशा जस्तो पो हुनथाल्यो । कसैस“ग परिचय दिंदा पनि पत्रकारीता गर्छु भन्न अप्ठेरो लाग्ने जस्तो । एकपटक सरकारी जागिरबाट अवकाश प्राप्त मानिसहरुस“ग केही दिनको यात्रा गर्नुपर्ने अवसर जु¥यो । परिचयका क्रममा म पत्रकार भएको थाहा भयो । उनीहरुले मलाई निकै टिठलाग्दो मानेर व्यवयहार गरे । उनीहरु भन्दै थिए—‘विचरा, पत्रकारीतामा पनि गाह्रो छ है, कमाइ खासै छैन । बरु यसो केही व्यापार गरे जिविका चलाउन सजिलो हुन्थ्यो ।’ मेरो बारेमा गरेको चिन्ताप्रति मैले उनीहरुलाई धन्यवाद दिए“, बा“की केही भन्न सकिन“ ।

म माष्टरको रुपमा परिचय दिंदा जागिरे हुन्छु, पत्रकार भन्दा वेरोजगार हुन्छु, बिचरा हुन्छु र धेरैको दया पाउ“छु । पत्रकारिता पेशा जागिर नबनेकै कारण क्षमतावान पत्रकारहरु पाखा लागिरहेका छन् । अन्य विकल्प खोजिरहेका छन् । त्यसकारण पत्रकारितालाई समाजले पत्याउने पेशा बनाउन मिडिया व्यवस्थापक र श्रमजीवी पत्रकाहरुको संयुक्त पहल जरुरी छ ।
बास बस्ने सानो सानो कटेरो बनाउनुपर्ने भयो । त्यो अंग्रेजीमा कटेज थियो नेपालीमा कटेरो तर मेरो लागि सपनाको महल । त्यो कटेरो बनाउन सोचेभन्दा अलि बढी नै खर्च लाग्यो । भएको जग्गा बैंकलाई बुझाएर ऋण निकाल्नुपर्ने भयो । कागजी प्रक्रियाका लागि मालपोत कार्यालय पुगें । हाकिमले सही गर्ने ठाउ“मा एकजना चिनेका कर्मचारी साथी आइपुगे । उनले मलाई हाकिमस“ग पत्रकारका रुपमा परिचित गराए । अनि हाकिमले सही गर्दै भने—‘पत्रकारलाई पनि गाह्रो छ है ।’ म कति स“धै नाजवाफ दयाका शब्दहरु सुनिरहु“ । यसपाली भने मैले पनि थपिदिए“— ‘हो त सर, झण्डै ऋणसम्म दिनलाई पत्याएका छन् । कुनदिन पत्रकार भएकै कारण ऋण पनि पाइन छोड्छ, अनि वर्वाद् छ ।’ उनले मेरो जवाफ सुनेर झनै दयाभाव देखाए ।
मैले शुरुमा पत्रकारितावापत मासिक ३ हजार ३ सय रुपया“ तलव पाउ“थें । रातदिन पत्रकारिताका लागि दौडधुप गर्थें । घरमा पुग्दा बा ले छोरोले कहिले जागिर खाने होला भनेर चिन्ता गरिरहन्थे । एमए उतिर्ण गर्दासम्म पत्रकारिताको जागिर निरन्तर चलिरहेको थियो । त्यतिबेलासम्म मेरो पत्रकारिताको जागिरको रकम पा“च, छ गुणा बढिसकेको थियो तर पनि बा छोरो जागिर कहिले पाउला भनेर चिन्ता गरिरहन्थे, घरमा कोही मान्छे आयो की छोरोले पढेको पढेइ छ, जागिर पाउ“दैन भन्थे ।
त्यतिबेला म कान्तिपुर दैनिकमा स्ट्रिन्जरको रुपमा काम गर्थें । मासिक कम्तिमा २५ देखि ३० हजार रुपया“ कमाउ“थें तर त्यसलाई मेरा बा ले जागिर मानेनन् । त्यसको तीन गुणा कम तलवको माष्टर हु“दा बा ले मलाई जागिरे मान्थे । यो क्रम अहिले पनि जारी छ । म माष्टरको रुपमा परिचय दिंदा जागिरे हुन्छु, पत्रकार भन्दा वेरोजगार हुन्छु, बिचरा हुन्छु र धेरैको दया पाउ“छु । अझ कहिलेकाहीं त पत्रकारकै मान्यता पाउ“दैन । आजभोलि बहस चल्न थालेको छ जागिरे पत्रकार भनेर । म बौद्धिक अभ्यासका लागि विश्वविद्यालयमा अंग्रेजी साहित्यका एक÷दुई बिषय पढाउ“छु । मलाई पढेलेखेको कुरा नबिर्सियोस् र केही नया“ कुरा जानिरहन पाइयोस् भन्ने लोभ छ । विश्वविद्यालय पढ्ने नया“ पुस्ताका युवायुवतीहरुस“ग बदलिदो समाज र जीवन जगतका बारेमा गफिन पाउ“दा मेरो दैनिक काममा उर्जा थपिन्छ ।
यो पढ्नेलेख्ने कामले मेरो पत्रकारितालाई केही हानी पु¥याएको छैन र मलाई लाग्छ समग्र पत्रकारिताको शिर झुकाएको पनि छैन । पत्रकारिताको शिर उचो राख्ने गरी पत्रकारले कुनै पनि काम गर्न पाउ“छ । पत्रकारिता नै बदनाम हुने पेशा गर्न थाल्यो भने त्यतीबेला प्रश्न उठाउनु उचित हुन्छ । पत्रकारले पत्रकारिता गर्छ की गर्दैन भन्ने नै मूल प्रश्न हो । बा“की समय मिलाएर कसैले आफ्नो क्षमता विकास हुने काम गर्छ भने त्यसमा अंकुश लगाउनु गलत हुन्छ भन्ने मलाई लाग्छ । पत्रकार बन्नलाई दिनदिनै सबैखालका कार्यक्रममा पुगेर आशन ग्रहण गर्ने र भाषण गर्ने कुरालाई न्यूनतम योग्यता बनाइनु हु“दैन । पत्रकार महासंघको बिधानमै स्वतन्त्र पत्रकारको समेत व्यवस्था रहेको बेला कुनै महत्वपूर्ण मिडियामा आबद्ध रहेर सक्रिय पत्रकारिता गरिरहेको मान्छेलाई पत्रकार नै नदेख्नु उदेकलाग्दो बिषय हो ।
यि सबै घटनाक्रम सम्झदा र देख्दा लाग्छ पत्रकारिता विचरा पेशा भयो, यो दयाको पेशा भयो अनि नया“ पुस्ताका लागि अनाकर्षणको पेशा । अब हामी पत्रकारिता पेशा गर्नेहरुसामु यही नै ठूलो चुनौती जस्तो लाग्छ— यो समाजलाई पत्रकारिता पनि राम्रै पेशा हो, जागिर हो र सम्भावनाको क्षेत्र हो भन्ने कुरा कसरी बुझाउने ? पत्रकारितामा सरकारी गैरसरकारी क्ष्ँेत्रको जागिर जस्तो यो पदको यति तलव भन्ने कुरा सबै मिडियामा समानरुपमा लागू नभएको कुरा सत्य हो र अर्को के पनि सत्य हो भने तोकिए भन्दा सयौं गुणा बढी तलव पाउने क्ष्ँेत्र पनि पत्रकारिता हो । न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेभन्दा कम र बढी तलव खाने पत्रकारहरु छन् । यो कुरा पत्रकारको दक्ष्ँता, क्ष्ँमता, मिडियाको अबस्था र व्यवस्थापकको इच्छाशक्तीमा भर परेको छ । यहा“ मासिक ६ हजार तलव खाने सम्पादक पनि छन्, २ लाख खाने सम्पादक पनि छन् ।
सम्पादकको योग्यता, क्षमता र उनीहरुले काम गर्ने मिडियाको स्थान तलमाथि हु“दा पारिश्रमिकमा एकरुपता छैन । समाजले पत्रकारितालाई व्यवसाय र पेशा ठानिदिने बातावरण भएमा दक्ष पत्रकारहरु पनि पत्रकारितामा अकर्षित हुने थिए, पत्रकारितामै रहने थिए । पत्रकारिता पेशा जागिर नबनेकै कारण क्षमतावान पत्रकारहरु पाखा लागिरहेका छन् । अन्य विकल्प खोजिरहेका छन् । त्यसकारण पत्रकारितालाई समाजले पत्याउने पेशा बनाउन मिडिया व्यवस्थापक र श्रमजीवी पत्रकाहरुको संयुक्त पहल जरुरी छ ।
एकातिर व्यवस्थापक र सम्पादकहरु भनिरहेको सुन्छु—पत्रकार नै पाइन छोडे, खोजे जस्तो मान्छे नै पाइदैन । अर्कोतिर भर्खर पत्रकार सिक्न आएका तालिमका सहभागीहरुको निराशा सुन्छु । तालिममा एकखालको उत्साह र सम्भावना देखाएर पत्रकारितामा प्रबेश गराउन खोजे पनि सहभागीहरु खासगरी उचित पारिश्रमिक पाउनेमा त्यत्ती विश्वस्त नभएको देख्छु । तैपनि म भन्छु— आउनुहोस्, पत्रकारितामा धेरै सम्भावनाहरु छन् । कहिलेकाहीं आफै सोच्छु— के सा“च्चै सबै सञ्चार माध्यमहरुमा राम्रै सम्भावनाहरु छन् त ? कुनै दिन यि नवप्रवेशीहरु पत्रकारितामा प्रवेश गराउनेलाई सराप्ने त होइनन् ? मनमा एकखालको चिन्ता र पिडाबोध हुन्छ । केही अग्रज पत्रकारहरुका निराशाजनक अभिव्यक्ती र फेसवुक स्टाटस्ले पनि मलाई तर्साइरहन्छन् । अनि म नै अन्योलमा पर्छु— अब पत्रकारितामा नया“ मानिसहरु उत्पादन गर्ने की नगर्ने ?
धेरै लामो आन्तरिक संघर्षपछि म निष्कर्षमा पुगेको छु— पक्का पनि नया“ योग्य पत्रकारहरु उत्पादन गर्नैपर्छ । यहा“ एकातिर सञ्चार माध्यमहरु पत्रकारको खोजी गरिरहेका छन् अर्कोतिर युवाहरु वेरोजगार छन् । यो खाडल पुर्न जरुरी छ । पत्रकारितामा सम्भावना सिर्जना गर्नु र नया“ पुस्तालाई पत्रकारिताप्रति आशावादी बनाउनु व्यवस्थापक र व्यवसायिक पत्रकारहरुको दायित्व हो । पत्रकारितामा पारिश्रमिकबारे निराशाजनक सन्देश जानुका पछाडि व्यवस्थापक र श्रमजीवी पत्रकारहरुबीचको सुमधर सम्बन्धको अभाव पनि हुनसक्छ । कतिपय व्यवस्थापक पारिश्रमिकप्रति संवेदनशिल नभएको पनि हुनसक्छ र कतिपय पत्रकारहरुले राम्रो पारिश्रमिक पाउनेखालको काम दिन नसकेको पनि हुनसक्छ । यि दुवै कुराको सामन्जस्यता मिलाउन आबश्यक छ ।
durgalalkc@gmail.com

1,133 total views, 1 views today