नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाद्धारा प्यूठानको बिद्यालयलाई शैक्षिक सामाग्री सहयोग

रोल्पा अनलाइन Thursday, February 2, 2017

प्यूठान, माघ २० । नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले प्युठान मर्काबांग स्थित सुन्नानी आधार माध्यामिक बिद्यालयलाई शैक्षिक पाठ्य पुस्तक तथा कम्प्यूटर प्रदान गरेको छ।

Pyuthan

विद्यालयमा बुधबार श्रीपञ्चमिको अबसरमा स्कूलले आयोजना गरेको पुस्तक तथा कम्प्यूटर ग्रहण तथा जनसम्पर्क समितिको पुस्तक तथा कम्प्यूटर प्रदान कार्यक्रममा आयोजित विशेष समारोहमा जनसम्पर्क समिति कोरिया तर्फबाट बिभाग प्रमुख प्रकाश ओली तथा नेका प्युठान सभापति अमर प्रसाद भन्डारीले सहयोग हस्तान्तरण गर्नु भयको थियो । शिब पण्डितले सहजिकरण गरेको कार्यक्रमको अध्यक्षता बिब्यस अध्यक्ष यम बहादुर घर्तीले गर्नु भएको थियो भने प्रमुख अथिति नेपाली कांग्रेस प्युठानका सभापती अमर प्रसाद भन्डारी रहनु भयको थियो । बिद्यालय साहयक प्रअ दाम बहादुर ओलिको स्वागत मन्तब्य बाट शुरू भयको कार्य क्रममा प्रमुख अथिति भन्डारीले देशमा पर्याप्त रोजगारीको सम्भाबना नहूदा जन्मभुमि छोडेर प्रदेशलाई कर्मभुमी बनाईरहनुभई महामानब बीपी कोइरालाले स्थापना गरेको जनसम्पर्क समितिमा आबद्द भई संगठितरुपमा देश समाजको लागी सोच्ने मनहरुलाई हार्दिक धन्यबाद प्रदान गर्नु भयको थियो । विशेष अतिथि जनसम्पर्क समिति कोरियाका बिभाग प्रमुख प्रकाश ओली तथा अतिथि पुर्ब कोसाध्यक्ष जनक पुन तथा खर्क बहादुर डांगी लगायत स्थानीय स्थानीय स्तरका राजनितिककर्मी हरु रहनु भयको थियो ।

Suport

बिशेस अथिति ओलिले नेपाली जनसम्पर्क समिति कोरिया नेपाली काँग्रेसको भातृसंस्था भए पनि सामाजिक क्षेत्रमा उल्लेख्य रूपमा सहयोग गरिरहेको जानकारी दिनुभयको थियो भने । अथिति जनक पुनले महामानब बीपी कोइरालाले प्रबाश बसाईका क्रममा भारतमा स्थापना गरेको कांग्रेस निकट भातृसंगठन अहिले संसारका ८०-९० देशमा स्थापना भइसकेको र राजनितिक रुपमा कांग्रेस निकट भएपनि सामाजिक रुपमा देशमा थुप्रै सहयोग गर्दै आइरहेको गतवर्षको महाभूकम्पपछि पीडितका लागि प्रभावित जिल्लामा राहत, प्राथमिक उपचार प्रदान गर्नेदेखि विभिन्न क्षेत्रमा विद्यालय निर्माण गर्ने कार्य गर्दै आइरहेको जानकारी गराउनु भयको थियो । मन्तब्यका क्रममा खर्क बहादुर डांगीले बिद्यालयको अवस्था मजबुत बनाउन सबै अभिभाकले सकारात्मक सोचका साथ अघि बढ्नु पर्ने कुरालाई भुल्न नहुने कुरा राख्नु भयको थियो । बिब्यस अध्यक्ष यम बहादुर घर्ती विद्यालयका प्रधानाध्यापक भगवता मल्ल , स्थानीय राजनीतिकर्मि समाजसेबी लगायतले जनसम्पर्क समिति कोरियाले गरेको सहयोगको प्रशंसा गरेका थिए। बिद्यालयलले त्यस अवसरमा नेपाली जनसम्पर्क समिति कोरियालाई सम्मान तथा कदर पत्र प्रदान गरेको थियो । यसै कार्यक्रमको शुअबसर पारेर बिषेस अथिति प्रकाश ओलिले दिबंगत हुनु भएकी आफ्नी ममतामय आमा डोमतादेवी ओलीको सम्झनामा बिद्यालयको नाममा रु ५१५०० एकाउन्न हजार पाँच सय रुपैयाको अक्षकोष स्थापना गरिदिनुभयको थियो ।

Korea Nepali Support

1,468 total views, 1 views today