नबौं राष्ट्रपति रनिङशिल्ड उद्घाटन हेर्नुस ८ तस्वीरमा

राेल्पा अनलाइन Sunday, January 22, 2017

रोल्पा, माघ ९ । जिल्ला स्तरीय ९औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आजदेखी रोल्पाको माडीचौरमा सुरु भएको छ ।
प्रतियोगिताको आज सांसद अमरसिङ पुनले गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद् पुनले शिक्षा र खेलकुद क्षेत्रलाई राजनीति मुक्त बनाउनु पर्ने बताउनुभयो । देशभर यि क्षेत्रहरुमा राजनीति हुने गरेकोमा रोल्पा जिल्लामा झन धेरै राजनीति गर्ने थलोको रुपमा प्रयोग गर्ने गरेको भन्दै उहाँले यस्ता कार्य आगामी दिनमा रोक्नुपर्नेमा जोड दिनुभयो । माघ १४ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाका ३४ वटा माध्यामिक विद्यालयको सहभागिता रहेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी लगायतका खेलकुद प्रतियोगिता हुने आयोजकले बताएको छ ।

1 2 3 4 5 6 7 8

1,178 total views, 1 views today