टुटु बजारको एउटै माग फोन सेवा

माधवकुमार ओली Friday, January 20, 2017

(मिरुल) रोल्पा, माघ ७ । पाल्नो गाउँ विजुली झलमल्ल वर डाँडामा शहीदमार्गमा गाडी सरर बीचमा जिवैखोलाको किनारमा युद्धकाल देखिकै चर्चित टुटु बजार ।
उस्तै त चमकदार टुटु बजार जिवैखोलाबाट उत्पादन भएको विद्युतले रातमा पनि चकमक्क देखिन्छ तर यो बजारमा एउटै समस्या छ फाेन सेवा नहुनु । बजारबासीसँग यहाँ आउने हरेक पाहुनाको एउटै प्रश्न हुन्छ फोनले टिप्दैन ? ‘गाउँ गाउँमा सडक, बिजुली, विद्यालय, स्वास्थ्य चौकी सामान्य तय सबै सेवा सुविधा पुगेको छ अब हाम्रो एउटै माग छ टेलिफोन टावरको निर्माण’ गोसाङ युवा क्लव मिरुलका उपाध्यक्ष बिनोद बुढाले भन्नुभयो । टेलिफोन टावर निर्माणका लागि विभिन्न निकायमा माग गर्दै आएका छौं तर हालसम्म कुनै निकायबाट सुनुवाई भएको छैन् उहाँले गुनासो पोख्नुभयो ।
गाउँ परिषद्, इलाका परिषद् हुदैं जिल्ला परिषद्मा समेत टावर निर्माणको योजना पेश गर्ने गरेको भएता पनि यस क्षेत्रको फोन सेवाका लागि अझैसम्म कुनै प्रक्रिया अघि बढ्न सकेको छैन् ।20170118_080143 मंगलवार मात्रै जिवैखोला लघु जलविद्युत आयोजना र गोसाङ युवा क्लवको तेस्रो वार्षिकोत्सव समारोहको उद्घाटन गर्न पुग्नु भएका उक्त क्षेत्रबाट निर्वाचित जनप्रतिनिधि एवम् सभामुख ओनसरी घर्तीलाई समेत टेलिफोन टावर निर्माणलाई प्राथमिकता दिएर माग पत्र पेश गरिएको छ । उक्त माग सहित मिरुल गाविसको समग्र मागहरु समावेश गरिएको माग पत्र मिरुल गाविस सचिव अधिकार बुढाले सभामुखलाई बुझाउनु भएको थियो ।20170118_080148
अझैपनि जिल्लाका यस्ता धेरै गाउँ छन् त्यहाँ फोन सेवा पुग्न सकेको छैन् । पछिल्लो केहि वर्ष जिल्लामा सडक निर्माणले प्राथमिकता पाएको भएपनि टेलिफोन सेवा विस्तारमा सम्बन्धीत निकायको ध्यान नपुग्दा यहाँका जनताहरु देश विदेशमा रहेका आफन्तहरुसँग गाउँमै बसेर फोन गर्न पाइरहेका छैनन् । कहिले काहि जरुरी काम परेमा पनि फोन गर्न डाँडा पाखामा उक्लीनु पर्ने यहाँका जनताको बाध्यता रहेको छ ।NeeeMag patra pesh

1,606 total views, 4 views today