माडी कपको १ लाख हिमचुलीले जित्यो

राेल्पा अनलाइन Thursday, January 19, 2017

रोल्पा, माघ ६ । रोल्पा माडी साँस्कृतिक तथा खेलकुद महोत्सव २०७३ आज समापन भएको छ । सभामुख ओनसरी घर्तीमगरले विजेता खेलाडी तथा साँस्कृतिक कर्मीहरुलाई प्रमाण पत्र प्रदान गरी समापन गर्नभएको हो ।
माघ १ गतेदेखि सञ्चालन भएको महोत्सवको औपचारिक रुपमा माघ २ गते उपराष्ट्रपति नन्दबहादुर पुनमगरले उद्घाटन गर्नुभएको थियो । ६ दिनसम्म चलेको महोत्सवमा सम्पूर्ण खेलकुद तथा साँस्कृतिक कार्यक्रमकोहरुको समापन भएको छ । रोल्पा माडी कप फूटवल प्रतियोगितामा हिमचुली युवा क्लव मिझिङ रोल्पा बिजेता भएको छ ।Cup

तस्वीर अमरजीत पुनमगर

विजेता टिमले १ लाख नगद पुरस्कारसहित कप, मेडल तथा प्रमाण–पत्र, उपविजेता रोल्पा यातायात प्रा.लीले ५० हजार नगदसहित कप, मेडल, प्रमाण, सेमि फाइनलिष्ट रम्जाबेसी युवा क्लब माडीचौर रोल्पा, नव चेतना युवा क्लव गैरीगाउँ रोल्पाले स्थान हासिल गरेका थिए । सो दुवै टिमले नगद पुरस्कार २५ हजार मेडल, प्रमाण–पत्रले सम्मान गर्नुभएको थियो । यसै गरी महोत्सवमा सञ्चालन भएको पुरुष भलिबल प्रतियोगितामा चतुर्भुज युवा क्लव विजेता, शहीद स्मृति युवा क्लव राङ्सी उपविजेता, माडी जलजला जंकोट रोल्पा र शान्तिचौर युवा क्लब खुंग्री सान्त्वना भएका थिए । महिला भलिबल प्रतियोगितामा जलजला युवा क्लव पाछाबाङ रोल्पा विजेता, रिमिक्स टिम कोर्चाबाङ उपविजता, थबाङ्गी युवा सञ्जाल थबाङ रोल्पा र बाल उदय मा.बि. जंकोट रोल्पा सेमिफाइनलिष्ट भएका थिए । यी दुवै प्रतियोगितामा विजेता टिमलाई ५० हजार, उपविजेता टिमलाई २५ हजार, सान्त्वनालाई १० हजार नगदसहित कप, मेडेल, प्रमाण–पत्र सभामुख ओनसरी घर्तीमगर र प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारीले प्रदान गर्नुभएको थियो । लोक दोहोरी गीत प्रतियोगितामा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान रोल्पा शाखा प्रथम, माडी जलजला युवा क्लब दोस्रो, ले प्रदान गर्नुभएको थियो । यसैगरी सामुहिक नृत्यमा सुनछहरी कला केन्द्र लिबाङ रोल्पा प्रथम, रिसबाङ बाल कलाकार समूह द्वितीय र प्रगतिशील कृषि सहकारी सँस्था तृतीय स्थान हासिल गरेका थिए । सामूहिक नृत्य प्रतियोगिताको प्रथम टिमलाई १५ हजार, द्वितीय टिमलाई १० हजार र तृतियलाई ५ हजार प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगितको निर्णायक सुनछहरी कलाकेन्द्र रोल्पाका अध्यक्ष दीपीन थापा, कलाकार रोहित गुरुङ पुनमगर र सान्त्वना रोकाले गर्नुभएको थियो । यसैगरी एकल नृत्यमा कोर्चाबाङ ६ सारीगाका बाटुली घर्तीमगर प्रथम, ह्वामाका करिश्मा पुनमगर द्वितीय, लिबाङ रोल्पाका निर्मला पुनमगर, लिबाङ रोल्पााब टिका घर्ती भएका थिए । प्रतियोगितामा प्रथमलाई ३ हजार ५ सय, द्वितीयलाई २ हजार ५ सय, तृतीयलाई १ हजार ५ सय र सान्त्वनालाई १ हजार र फ्रेमसहित प्रमाण–पत्र प्रदान गरिएको थियो । प्रतियोगिताको निर्णायक सुनछहरी कलाकेन्द्र रोल्पाका अध्यक्ष दीपीन थापा, कलाकार रोहित गुरुङ पुनमगर र सान्त्वना रोकाले गर्नुभएको थियो । महोत्सकै आयोजनामा महोत्सव आयोजक समितिको व्यवस्थापन तथा ललित साहित्य परिषद् रोल्पा शाखाको आयोजनामा भएको थियो । प्रथम दाङका बसन्त वली ‘बसन्ती’, द्वितीय लोकेन्द्र सेन सिम्पल ‘कान्छा’, रविन्द्र सुनार तेस्रो र विमल बाठाँमागर स्वान्तवना भएका थिए । । रोल्पा माडी गजल प्रतियोगितामा प्रथमलाई ३ हजार ५ सय, द्वितीयलाई २ हजार ५ सय, तृतीयलाई १ हजार ५ सय र सान्त्वनालाई १ हजार र फ्रेमसहित प्रमाण–पत्र प्रदान गरिएको थियो । गजल प्रतियोगिताको निर्णायक ललित साहित्य परिषद् रोल्पाका सँस्थापक अध्यक्ष डी.वी. टुहुरो, राप्ती साहित्य परिषद् रोल्पाका अध्यक्ष गोकर्ण पुनमगर र साहित्यकार कमल विबश पुनमगरले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन ललित साहित्य पषिद् रोल्पाका शाखाका उपाध्यक्ष नविन लोचन मगरले गर्नुभएको थियो । यसैगरी रोल्पा माडी व्याड मिन्टन प्रतियोगितामा बाँकेका गोविन्द अधिकारी र रोल्पाका दलबहादुर रावत प्रथम, चितवनका रुपेश अधिकारी र रोल्पाका कैलाश आचार्य द्वितीय, रोल्पाका डिलीराज आचार्य, सल्यानका निमबहादुर के.सी., रोल्पाका विरबहादुर घर्तीमगर, कमल थापा सान्त्वना भएका छन् । रोल्पा माडी व्याड मिन्टन प्रतियोगितकाका प्रतियोगितामा प्रथमलाई ७ हजार, द्वितीयलाई २ हजार, सान्त्वनालाई २ हजार र फ्रेमसहित प्रमाण–पत्र प्रदान गरिएको थियो । गजल प्रतियोगिताको निर्णायक जिल्ला व्याड मिन्टन संघ रोल्पाका अध्यक्ष बेगम हमाल प्रमुख रेफ्री, केशव बुढामगर जनक भण्डारीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । यसैगरी शिनियर डवल टेवुल टेनिसमा यामबहादुर गुरुङ र निर्मल राना प्रथम, रक्ष बहादुर वली र प्रेमप्रकाश आचार्य द्वितीय, लोकबहादुर केसी र राजेन्द्र कक्षपति तृतीय हुनुभएको थियो । यस्तै गरी जुनियरमा रासबहादुर थापा र रुपबहादुर शाही प्रथम, एलरवीन श्रेष्ठ र पूर्णबहादुर थापा द्वितीय र यामबहादुर केसी र इन्द्रबहादुर थापा तृतीय हुनुभएको थियो । प्रतियोगिताका शिनियर र जुनियर टिमका विजेताहरु प्रथमलाई ३ हजार, द्वितीयलाई २ हजार, तृतीयलाई १ हजार र फ्रेमसहित प्रमाण–पत्र प्रदान गरिएको थियो । प्रतियोगिताको सो प्रतियोगितका निर्णायक गेहेन्द्र हमाल, विनोद खतिवडा र सञ्चालक पृथ्वी डाँगीले गर्नुभएको थियो । यसै समापन कार्यक्रममा ललित राहित्य परिषद् रोल्पा शाखा, लोक दोहरी गीत प्रतियोगिता प्रतियोगिता, सुनछहरी कला केन्द्र रोल्पा जिल्ला व्याड मिन्टन संघ रोल्पा, जिल्ला टेवुल टेनिस संघ रोल्पा, जिल्ला स्वास्थ्य कार्यालय रोल्पा, जिल्ला भलिबल संघ रोल्पा, रम्जावेशी युवा क्वल कोटगाउँ रोल्पा, माडी जलजला युवा क्वल जंकोट रोल्पा, गजल स्मृति युवा क्वल भाबाङ, शहीद स्मृति युवा क्वल रांसी रोल्पा, थुर्पा प्रगतिशील युवा क्लब कोर्चाबाङ रोल्पा, बाइट ल्याण्ड युवा क्लव कोटगाउँ रोल्पा, नेपाल मावि कोटगाउँ, रोल्पा, सन स्टार युवा क्वल लिबाङ रोल्पा, बाल उदय मा.वि. माडीचौर रोल्पा, जलजला यातायात समिति रोल्पा, रोल्पा प्रा.ली., जजलला यातायात प्रा.ली. रोल्पा, टेम्पो व्यावसायी संघ रोल्पा, जिल्ला प्रहरी कार्यालय रोल्पा, स्वयम सेवक प्रमुख मोलङ घर्तीमगर लाई प्रेम सहित सम्मान पत्र सभामुख ओनसरी घर्तीमगरले प्रदान गर्नुभएको थियो । यसै गरी रोल्पा उद्योग वाणिज्य संघ रोल्पा, माडीचौर कृषि औजार निर्माणका सार्के विक, जनवादी गायक गर्जन आरोही, सञ्चालिक पत्रकार देवी गुरुङ, क्यामेरा मेन अमरजित पुनमगर, हुरेक रोल्पा, विएस पार्टी प्यालेस साउन सिष्टम, प्रहरी चौकी माडीचौर, संसद सचिवालयका हरी महर्जन, रावित्रा अधिकारी, निर्मल ज्ञावली लगायत रेफ्री, निर्णायक कर्ता लगायलाई सम्मान गरिएको छ । यसै गरी रोल्पा जिल्लाका सम्पूर्ण सञ्चार माध्यमहरुलाई समेत प्रचार प्रशार गरी सहयोग गरेको भन्दै सम्मान गरिएको छ । आज भएको समापन कार्यक्रम महोत्सव आयोजक समितिका सदस्य शुसिला पुनमगरको अध्यक्षतामा भएको थियो भने सञ्चालन प्रचार प्रचार संयोजक मानसिंह बिकले गर्नुभएको थियो ।

4,457 total views, 1 views today