जिवैखोला लघु जलविद्युतको सभामुख घर्तीद्धारा उद्घाटन (फोटो फिचर)

राेल्पा अनलाइन Thursday, January 19, 2017

(मिरुल) रोल्पा, माघ ६ । रोल्पाको मिरुल गाविसमा रहेको जिवैखोला लघु जलविद्युत आयोजनाको मंगलवार सभामुख ओनसरी घर्तीले उद्घाटन गर्नुभएको छ ।
बेस नेपालको अनुदान र स्थानीयको जनश्रमदान गरी करिब एक करोड बढीको लागतमा निर्माण गरिएको उक्त विद्युत आयोजनाले मिरुल ५, ४ र ८ नम्बर वडाका करिब २ सय ५३ घरधुरीमा विद्युत विस्तार भएको छ । साढे १५ किलोवाट क्षमताको उक्त जलविद्युतको सभामुख घर्तीले पावर हाउसको मेन स्विच अन गरेर उद्घाटन गर्नुभएको थियो ।20170118_080143 20170118_080148 DSC08669 DSC08673 DSC08698 DSC08705 DSC08710 DSC08730 DSC08732 DSC08734 DSC08735 DSC08746 Neee विद्युत उद्घाटन तथा गोसाङ युवा क्लव मिरुलको तेस्रो वाषिकोत्सवको संयुक्त उद्घाटन कार्यक्रममा स्थानीयले झाँकी, जुलुस प्रदर्शन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्तीले जनताको त्याग र बलिदानले देशमा गणतन्त्र स्थापना भएको भन्दै सबै भाषा, जात, धर्म, सस्कृतिलाई संविधानले सर्वस्वीकार्य बनाएको बताउनुभएको थियो । साथै उहाँले संविधानले महिलाको अधिकारलाई थप बढाएकोले अव हुने स्थानीय तहको निर्वाचनमा अनिवार्य महिला निर्वाचित हुने व्यवस्था गराएकाले महिलाहरु नेतृत्व तहमा पुग्नको लागि तयारी गर्न अनुरोध गर्नुभएको थियो ।
विद्युत आयोजनाले गाउँ गाउँमा झलमल्ल बनाएपछि स्थानीय हर्षित बनेका बेस नेपालका फिल्ड सुपरभाइजर दर्जीत रोकाले बताउनुभयो ।

3,801 total views, 1 views today