माडी महोत्सव आजदेखी सुरु हुदै

राेल्पा अनलाइन Saturday, January 14, 2017

रोल्पा, माघ १ । रोल्पाको माडीचौरमा आज देखि रोल्पा माडी साँस्कृतिक तथा खेलकुद महोत्सव सुरु हुदैंछ ।
माघ ५ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन भने भोली उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने कार्यक्रम रहेको छ । आजदेखी एक लाख राशीको फुटबल प्रतियोगिता सुरु हुने मूल आयोजक समितिका संयोजक दीपेन्द्र कुमार पुनमगर ‘सिजल’ले बताउनुभयो । फुटबल प्रतियोगिताका लागि १३ वटा टिमको सहभागिता रहने भएको छ ।Madi mahotsab
महोत्सवका लागि खेलकुद मैदानको तयारी, खेलकुदको लागि नामदर्ता, साँस्कृतिक तयारी, साँस्कृतिक झाँकी, इन्द्रेणी ग्रुप लगायत जनवादी कलाकारहरुको आगमन, मञ्च व्यवस्थापन लगायतको सम्पूर्ण तयारी भइसकेको प्रचार प्रशार विभागका संयोजक मानसिंह बिकले बाउनुभयो । साथै महोत्सवको लागि स्टल बुकिङ, होटेल सञ्चालन, घरेलु खाद्य तथा कृषि उपजको समेत स्टल राखिएको छ । महोत्सवको उद्घाटनका लागि उपराष्ट्रपति पुन, सभामुख ओनसरी घर्ती, अर्थमन्त्री कृष्ण बहादुर महरा, पूर्व अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ लगायतको उपस्थिति रहने आयोजकले बताएको छ ।

4,783 total views, 1 views today