कोइरालखर्कमा विविध खेलकुद प्रतियोगिता

राेल्पा अनलाइन Saturday, January 7, 2017

(मिझिङ) रोल्पा, पुस २३ । रोल्पाको मिझिङ–९ कोइरालखर्कमा विभिन्न खेलकुद् प्रतियोगिता सुरु भएको छ ।
वडा नगरिक मञ्चले आयोजना गरेको उक्त खेलकुद् प्रतियोगिताको हिजो जनता निमावि कोइरालखर्कमा एक कार्यक्रमकावीच नेपाल रेडक्रस सोसाइटी रोल्पाका कोषाध्यक्ष गञ्ज बहादुर क्षेत्रीले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि क्षेत्रीले समग्र जिल्लाको खेलकुदको विकासमा उक्त प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । खेलकुद क्षेत्रलाई राजनीतिक हस्तक्षपबाट मुक्त गर्नसकेमा सक्षम खेलाडीहरुले देशको नाम विश्वमै चर्चित बनाउन सक्ने उहाँको भनाई थियो । ‘अहिले हरेक क्षेत्रमा राजनीतिकरण भएकाले देशको विकास हुन सकेको छैन्’ प्रमुख अतिथि क्षेत्रीले भन्नुभयो । गाउँ–गाउँका टुक्रे योजनाहरुमा समेत राजनीतिक भागबण्डा हुने गरेको भन्दै क्षेत्रीले यस्तो प्रवृतिले गाउँको विकास नहुने बताउनुभयो ।sports
जेष्ठ नागरिक शोभिराम महराको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवि, लगायतको उपस्थिति रहेको थियो भने सञ्चालन जनता निमाविका प्रधानाध्यापक यामराज बुढाथोकीले गर्नुभएको थियो । उक्त विविध खेलकुद् प्रतियोसगताको खुल्ला पुरुष भलिबलमा खुङ्ग्री, कोट, तेबाङ, अरेश, सिस्नेरी लगायतबाट १० टिमको सहभगिता रहेको छ । भलिबलका लागि प्रथम पुरस्कर १० हजार रहेको छ । त्यस्तै अन्य प्रतियोगिताहरुमा घैटाफोर, भाले पकड लगायतका रहेका छन् । प्रतियोगिता ३ दिनसम्म चल्ने आयोजकले बताएको छ ।

881 total views, 1 views today