रोल्पामा प्रहरी र आन्दोलनकारीबीच झडप काँग्रेस रोल्पाका कोषाध्यक्ष तोराबोरा सहित एक दर्जन बढी घाइते (फोटो फिचर सहित)

पहलमान घर्ती Thursday, December 15, 2016

रोल्पा, मंसिर ३० । ५ नम्बर प्रदेशका पहाडी जिल्लाहरु टुक्राउन लागेको विरोधमा रोल्पा, प्यूठान संयुक्त संघर्ष समितिले आह्वान गरेको चार दिने बन्दको पहिलो दिन आज रोल्पामा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ ।
आज जिल्ला बन्दको आह्वान गरी शान्तिपूर्ण ¥याली गरिरहेका बन्दकर्तालाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो । नेपाल मगर संघ जिल्ला शाखा रोल्पाले ४ बजेसम्म गर्ने भनेको कार्यक्रम साढे चार बजेसम्म लम्बीएको मा कोणसभाका लागि स्टेज खाली गराउनुपर्ने अनुरोध गर्दा सशस्त्र प्रहरीले नेपाली काँग्रेस रोल्पाका कोषाध्यक्ष खटक बहादुर खत्री ‘तोराबोरा’लाई लाठी प्रहार गरेपछि झडप सुरु भएको थियो । झडपमा परी एक दर्जन आन्दोलनकारी र डीएसपी रामप्रसाद घर्ती सहित ३ जना प्रहरी घाइते भएका छन् । झडपलाई नियन्त्रण गर्न प्रहरीले नौ राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो ।20161215_141725 20161215_141931 20161215_142932 20161215_143411 20161215_143924 20161215_144343 20161215_144346 20161215_145337 20161215_151053 20161215_151901 20161215_170650 20161215_171532

आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले लाठी प्रहार गरी दमन गरेको नेपाली काँग्रेस रोल्पाका सभापति एवम् सांसद् अमरसिङ पुनलेले बताउनुभयो । राजतन्त्र अन्त्य गर्दाको आन्दोलनमा पनि प्रहरीले दमन गरेको भएता पनि जनताको आन्दोलन सफल भएको स्मरण गर्दै सांसद पुनले प्रहरीको जस्तो सुकै दबाउने प्रयास गरेपनि जनताको आन्दोलन सफल भएरै छोड्ने दावी गर्नुभयो । साथै समाचार संकलनमा गएका सञ्चारकर्मीहरुलाई पनि प्रहरीले लाठी प्रहार गरी आफ्नो स्वतन्त्र पेशा माथि दमन गरेको भन्दै नेपाल पत्रकार महासंघ रोल्पाले खेत प्रकट गरेको छ । आन्दोलनका कार्यक्रम अन्तरगत आज रोल्पा र प्यूठान बन्द गरिएको थियो । रोल्पामा आज साझा राँके जुलुस निकालेको थियो । भोलीदेखी आगामी पुस ३ गतेसम्म ५ नम्बर प्रदेशका १२ वटा पहाडी जिल्लाहरु बन्द हुने भएका छन् ।

510 total views, 1 views today