जिल्ला परियोजना सल्लाहकार समिति रोल्पाको बैठक

राेल्पा अनलाइन Thursday, December 8, 2016

रोल्पा, मंसिर २३ । जिल्ला परियोजना सल्लाहकार समिति रोल्पाको बैठक विहिवार जिल्ला विकास समितिको कार्यालय रोल्पामा सम्पन्न भएको छ ।
वैठकमा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा मानवअधिकार सचेतन केन्द्र हुरेक रोल्पाद्धारा सञ्चालित भविष्यका लागि शिक्षा परियोजना र एकीकृत परियोजनाका बारेमा छलफल गरिएको थियो । १५ गाबिसमा सञ्चालित भविष्यका लागि शिक्षा परियोजना र ७ गाबिसमा सञ्चालित एकीकृत परियोजनाका बारेमा सोमबार र मंगलवार भएको अनुगमनका बारेमा छलफल गरिएको थियो । उक्त परियोजनाले हाल सम्म ७६ वटा बाल बिकास केन्द्रका बालमैत्री भबन निर्माण गरेको, ११८ बाल बिकास केन्द्रमा फिल्टर र ६० बाल बिकास केन्द्रमा तौल मेसिन बितरण गरिएको शिक्षा कार्यक्रम संयोजक कृष्ण घर्तीले बताउनुभयो । त्यस्तै ५२ बटा बाल बिकास केन्द्रमा ब्यबस्थापन समिति पुनःगठन गरिएको समेत घर्तीले वैठकमा जानकारी गराउनुभयो । बैठकमा एकीकृत परियोजनाका कार्यक्रम संयोजक कुमार पोख्रेलले परियोजनाको उपलब्धी र सिकाईका बारेमा प्रस्तुत गर्नुभयो ।
हुरेक रोल्पा र सेभ द चिल्ड्रेनको सहयोगमा निर्मित बालबिकास केन्द्रको बारेमा सेतो गुरास बाल बिकास केन्द्र रोल्पाकी जिल्ला प्रशिक्षक टिका बुढाले, जिल्ला कृषि बिकास कार्यालय रोल्पाका कृषि प्रसार अधिकृत रबिन्द्र पौडेलले कृषि क्षेत्रको र महिला तथा बालबालिका कार्यालय रोल्पाकी महिला बिकास निरीक्षक शिला मल्लले गाँउ बाल संरक्षण समितिको बारेमा अनुगमनको रिर्पोटिङ गर्नुभएको थियो ।
निमित्त स्थानीय विकास अधिकारी जीत बहादुर रानाको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधि, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । सहभागीहरुले परियोजनाका बारेमा सल्लाह, सुझाव तथा हालका गतिबिधिहरुमा टिप्पणी गरेका थिए । मानबअधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाका अध्यक्ष घनश्याम आर्चायको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन हुरेक रोल्पाका बाल संरक्षण अधिकृत सुबास चन्दले गर्नुभएको थियो ।

330 total views, 1 views today