थबाङका एक जेहेन्दार गुरुङ बिद्यार्थीलाई छात्रबृत्ति प्रदान

राेल्पा अनलाइन Wednesday, November 30, 2016

रोल्पा, मंसिर १५ । तमु ह्युँल छोंज धीं गुरुङ राष्ट्रिय परिषद जिल्ला शाखा रोल्पाको बैठक सम्पन्न भएको छ । बैठकको अवसरमा थबाङका गुरुङ बिद्यार्थीलाई परिषदले छात्रवृत्ति प्रदान गरेको छ ।
तमु सांस्कृति प्रतिष्ठान पोखराको आर्थिक सहयोग र तमु ह्युँल छोंज धीं गुरुङ राष्ट्रिय परिषद रोल्पाको आयोजनामा थबाङका एक गुरुङ जेहेन्दार बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिएको हो । कक्षा सातबाट पास भएर आठमा अध्ययनरत थबाङ ७ निवासी हाल बलभद्र उमाबि थबाङमा अध्ययनरत प्रताप घोटाने गुरुङलाई रु ८ हजार छात्रबृद्धि प्रदान गरिएको हो । परिषदका अध्यक्ष हिरा घलेले प्रतापका दाई लाई उक्त छात्रबृद्धि प्रदान गर्नुभएको हो ।
गुरुङ राष्ट्रिय परिषद रोल्पा विभिन्न निकायहरुको समन्वयमा जिल्लाका जेहेन्दार बिद्यार्थीहरुलाई प्रत्येक वर्ष उनीहरुको उत्कृष्ट प्राप्त नजिताको आधारमा छात्रबृत्ति प्रदान गर्ने गरेको अध्यक्ष घलेले बताउनभयो ।।

 335 total views,  1 views today